close

९९९ रुपैयाँमै एनसेलको होम वाइफाइ

टेकपाना टेकपाना

माघ २४, २०७९ ११:५१

९९९ रुपैयाँमै एनसेलको होम वाइफाइ

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ९९९ रुपैयाँमै होम वाइफाइ उपलब्ध गराउने भएको छ ।

लामो समय देखी इन्स्ट्यान्ट वाइफाइ सेवा उपलब्ध गराउँदै आएको कम्पनीले ग्राहकलाई लक्षित गर्दै नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो ।

यस प्याकेज अन्तर्गत मासिक ९९९ रुपैयाँमा वाइफाइ प्रयोग गर्न सकिने जनाइएको छ । यसका लागि एनसेलले सिम सहितको वाइफाइ राउटर उपलब्ध गराउने छ । जसमार्फत घरमा वाइफाइ प्रयोग गर्न सकिने छ ।

यसरी राखिएको राउटरले सय मिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।   



 

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ ११:५९