close

ट्राफिक अनुगमनका लागि नाडाले प्रहरीलाई दियो आधुनिक सीपीयू

टेकपाना टेकपाना

माघ २६, २०७९ १९:४१

ट्राफिक अनुगमनका लागि नाडाले प्रहरीलाई दियो आधुनिक सीपीयू

काठमाडौँ । अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक अनुगमनका लागि उपत्यका ट्राफिक प्रहरीलाई आधुनिक कम्प्युटर सीपीयूसहितका सामग्री हस्तान्तरण गरेको छ ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका ट्राफिक प्रहरीलाई  बुधबार सीपीयू, ट्राफिक रिफ्लेक्टर ज्याकेटजस्ता सामग्री हस्तान्तरण गरेको हो । नाडा अध्यक्ष ध्रुव थापा, पधाधिकारी लगायत कार्यसमिति सदस्यको उपस्थितिमा बुधबार ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई सामान हस्तान्तरण गरिएकाे हाे ।

यसअन्तर्गत राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सीपीयू तथा त्यससँग सम्बन्धित उपकरण उपलब्ध गराइएको नाडाले जनाएकाे छ । त्यस्तै नाडाले १०० थान ट्राफिक रिफ्लेक्टर ज्याकेट पनि वितरण गरेको छ । 

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ १९:५१