काठमाडौं । विद्युत प्रणालीमा समस्या आउँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणको जमल स्थित कार्यालयको काम ठप्प भएको भएको छ । कार्यालय भवनको मुख्य स्विचमा समस्या आएपछि पूर्ण रूपमा स्वचालित प्रणालीमा रहेको प्राधिकरणको सेवा प्रभावित भएको हो ।
प्राधिकरणले वैकल्पिक विद्युत आपूर्तिका लागि जेनेरेटरको समेत व्यवस्था गरेको छैन । इन्भर्टर सिस्टमले समेत नधानेपछि कार्यालयको अधिकांश भाग अन्धकारमय भएको छ। कार्यालयभित्र अँध्यारो भएपछि सबैजसो कर्मचारी कार्यालय बाहिरै रहेका छन्।
प्राधिकरणका एक अधिकारीले स्विच मर्मतसम्भारको काम चलिरहेको भन्दै केही समयमा विद्युत आपूर्ति नियमित हुने बताए ।