close

बागमती प्रदेशमा लागू भयो लाइसेन्सको अंकभार प्रणाली, ७० अंक ल्याए पास भइने

टेकपाना टेकपाना

फागुन २, २०७९ १६:२२

बागमती प्रदेशमा लागू भयो लाइसेन्सको अंकभार प्रणाली, ७० अंक ल्याए पास भइने

काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को ट्रायलमा अंकभार प्रणाली लागू भएको छ । यसअन्तर्गत लाइसेन्सका लागि ट्रायल दिँदा कुल १०० अंकमध्ये ७० अंक ल्याए उत्तीर्ण हुन सकिनेछ ।

साेमबार बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठ र प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले चाबहिल यातायात व्यवस्था कार्यालयमा ट्रायलको परीक्षण निरीक्षण गरेका थिए ।

आज मन्त्री श्रेष्ठले ठूलोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट अंकभार प्रणालीकाे उद्घाटन गरेको मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए ।

यो प्रणाली लागू भएसँगै परीक्षार्थीले प्रयोगात्मक परीक्षा (ट्रायल)मा कुल १०० मध्ये ७० अंक ल्याउनुपर्नेछ । यसअघि लिखित परीक्षामा ५० प्रतिशत ल्याए ट्रायल दिन पाइन्थ्याे भने अब ६० प्रतिशत ल्याउनुपर्ने छ ।

यो व्यवस्था प्रदेश १, गण्डकी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लागू भइसकेको छ । 

यस्ताे छ कार्यविधि ?

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १६:४६