close

खतरनाक मालवेयर तयार पार्न च्याटजीपीटी प्रयोग हुँदै

टेकपाना टेकपाना

फागुन ३, २०७९ ९:३२

खतरनाक मालवेयर तयार पार्न च्याटजीपीटी प्रयोग हुँदै

काठमाडौं । एआई टुल च्याटजीपीटी दुरुपयोग गरेर साइबर अपराधीहरूले मालवेयरयुक्त टेलिग्राम बट्स तयार पारेको पाइएको छ । सुरक्षा अनुसन्धान कम्पनी चेक प्वाइन्टकाे एक अनुसन्धानले खतरनाक मालवेयर र र्‍यानसमवेयर तयार पार्न च्याटजीपीटी प्रयाेग भइरहेको खुलासा गरेको हो ।

सोझै फिशिङ ईमेल बनाउन तथा मालवेयर क्रियट गर्न आग्रह च्याटजीपीटीले याे कार्य अनैतिक भएको जवाफ दिन्छ । तर, ह्याकरहरूले च्याटजीपीटीकाे याे सिस्टमलाई बाइपास गर्दै मालिसियस काेड तयार पारिएकाे साे अनुसन्धानले उल्लेख गरेकाे छ । 

याे टेलिग्राम बटले कुनै सीमा वा प्रतिबन्ध बिना ओपन एपीआई प्रयोग गर्ने बताइएको छ ।

‘ह्याकरले विषेशगरी एपीआईमार्फत टेलिग्राम बट्स निर्माण गरी त्यसमार्फत च्याटजीपीटीलाई फिशिङ ईमेल बनाउन तथा मालवेयर तयार पार्ने गरेका छन्,’ अध्ययनमा भनिएको छ ।

च्याटजीपीटीको प्रयोग बढ्दै गएसँगै पछिल्लो समय ह्याकरले यसलाई कसरी दुरुपयोग गर्न सक्छन् भन्ने विषयमा छलफल तथा अध्ययन हुने क्रम जारी छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ ९:३२