close

राष्ट्रिय परिचयपत्र सम्बन्धी गुनासो सुन्न कल सेन्टर

टेकपाना टेकपाना

फागुन ३, २०७९ १०:१७

राष्ट्रिय परिचयपत्र सम्बन्धी गुनासो सुन्न कल सेन्टर

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय परिचपत्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नागरिहरूका गुनासा तथा जिज्ञासालाई सरल र सहज रूपमा समाधान गर्ने उद्धेश्यसहित विभागमा कल सेन्टर स्थापना गरिएको हो ।

यसका लागि सेवाग्राहीले ०१-५९७०४४९ नम्बरमा कल गर्न सक्नेछन् ।

राष्ट्रिय परिचपयत्रका लागि सामान्य समस्यादेखि प्रि-इन्रोलमेन्ट प्रक्रियामा देखिएका समस्या, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएको, कन्फर्मेसन पेज हराएकाे तथा विवरण दर्तासम्बन्धी विषयमा कल सेन्टरमार्फत जानकारी लिन सकिने विभागले जनाएको छ ।

विभागका अनुसार यस नम्बरमा एकपटकमा चार जनासम्मले सम्पर्क गर्न सक्नेछन् भने यो सुविधा कार्यालय समयभित्र मात्र रहने छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १०:१८