close

डाइनामिक आइल्यान्ड फिचर सहित साओमी १३ को नयाँ भेरियन्ट बजारमा आउँदै

टेकपाना टेकपाना

फागुन ३, २०७९ १३:१७

डाइनामिक आइल्यान्ड फिचर सहित साओमी १३ को नयाँ भेरियन्ट बजारमा आउँदै

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नयाँ भेरियन्टको साओमी १३ बजारमा ल्याउने भएको छ । कम्पनीले फेब्रुअरी २६ का दिन विश्वबजारमा डाइनामिक आइल्यान्डसहित साओमी १३ को नयाँ भेरियन्ट ल्याउन लागेकाे हाे ।

यसो त साओमी १३ नयाँ मोडेल भने होइन । कम्पनीले रिब्रान्ड गरेर नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो ।

यसअघि साओमी १३ र साओमी १३ प्रो म्याक्सका सार्वजनिक भइसकेको छ । साओमीले नयाँ भेरियन्टको साओमी १३ मा आईफोन १४ जस्तै डाइनामिक आइल्यान्ड समावेश गरेको छ ।

विभिन्न सञ्चारमाध्यमका अनुसार यस फोनमा ६७ वाटको फास्ट चार्जर समावेश गरिएको छ भने ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । सेल्फी पारखीका ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ ८:१३