close

ह्वाट्सएपका सीईओ भन्छन् टेलिग्राम प्रयोग नगर्नु

टेकपाना टेकपाना

फागुन ५, २०७९ ९:२१

ह्वाट्सएपका सीईओ भन्छन् टेलिग्राम प्रयोग नगर्नु

काठमाडौं । ह्वाट्सएपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विल क्याथकार्टले मेसेजिङ एप टेलिग्राम सुरक्षित नभएको र यसले रुसको लागि स्पाइवेयरको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

मेसेजिङ एपहरूकोबिचमा सुरक्षित र गोप्य रहने होडबाजी चलिरहन्छ । तर पछिल्लो समयमा टेलिग्राम र ह्वाट्सएपको बीचमा भने शीतयुद्ध जस्तै चलिरहेको छ ।

यसैबिच एक 'वार्यड' नामक म्यागजिनमा एक लेख लेख्दै क्याथकार्टले टेलिग्राम प्रयोगकर्ताको लागि सुरक्षित नभएको उल्लेख गरेका छन् । साथै यसले रुसको लागि स्पाइवेयरको काम गरेर प्रयोगकर्ताको गोपनीयता माथि आक्रमण गरिरहेको पनि उनले बताएका छन् ।

ह्वाट्सएपले ग्रुप च्याटमा पनि इन्ड-टु-इन्ड इन्क्रिप्सनको सुविधा दिएको भन्दै टेलिग्राममा यस्ता फिचरहरू उपलब्ध नभएको उनले लेखेका छन् । साथै टेलिग्रामले इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर सिक्रेट च्याटको लागि मात्र उपलब्ध गराएको उनले बताए ।

यद्यपि टेलिग्रामले भने ह्वाट्सएपले सुरक्षा र गोपनीयतालाई लिएर लगाउँदै आएको आरोपलाई झुटो र आधारहीन दाबी गर्दै आएको छ । 
 

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १२:१३