close

नेसनल पेमेन्ट स्विचमा जोडियो आइएमई पे

टेकपाना टेकपाना

फागुन ६, २०७९ ११:३१

नेसनल पेमेन्ट स्विचमा जोडियो आइएमई पे

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा भुक्तानी सेवाप्रदायक आइएमई पे आबद्ध भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ यी दुई संस्थाबीच हालै सम्झौता भएको हो ।

सम्झौतापछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्लेटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ ११:३१