close

ट्वीटरकै बाटोमा मेटा, फेसबुक र इन्स्टाग्राममा ब्लुटिक बेच्ने

टेकपाना टेकपाना

फागुन ८, २०७९ ९:४

ट्वीटरकै बाटोमा मेटा, फेसबुक र इन्स्टाग्राममा ब्लुटिक बेच्ने

काठमाडौं । अब फेसबुकमा पनि ट्वीटरमा जस्तै भेरिफिकेसनको लागि शुल्क तिर्नुपर्ने भएको छ । फेसबुकको अभिभावक कम्पनी 'मेटा' ले फेसबुकको लागि 'मेटा भेरिफाइड' नामक सब्स्क्रिप्सन सेवा आइतबारदेखि सुरु गरेको छ । 

यस सेवा अन्तर्गत प्रयोगकर्ताले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्टको लागि मासिक १५ डलरसम्म तिरेर ब्लु चेक मार्क खरिद गर्न सक्नेछन् । ट्वीटरले हालै मात्र लागू गरेको यो नियम बजारमा सफल हुन सुरु भए लगत्तै फेसबुकमा पनि यो नियम लागू हुन लागेको हो ।

यो सेवा सबैभन्दा सुरुमा अष्ट्रेलिया र न्युजल्यान्डबाट लागू हुने कम्पनीका सीईओ मार्क जुकरबर्गले बताएका छन् । उनका अनुसार वेब भर्सनका प्रयोगकर्ताले ११.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ भने आईओएस प्रयोगकर्ताले भने १४.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ ।

एन्ड्रोइड एपको लागि भने यो सेवा कहिले देखि सुरु हुनेछ भन्ने विषयमा कम्पनीले अहिले नै कुनै जानकारी दिइसकेको छैन । साथै अन्य देशहरूमा पनि यो सेवा छिट्टै नै लागू हुने जुकरबर्गले बताएका छन् ।  
 
 

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १०:४२