close

गोप्रो क्यामेरा पाउने आधिकारिक स्टोर

टेकपाना टेकपाना

फागुन ९, २०७९ १३:४२

काठमाडौं । एक्सन क्यामेराका लागि स्थापित ब्राण्ड हो, गोप्रो । नेपाली बजारमा पनि गोप्रोका विभिन्न मोडेलका क्यामेरा उपलब्ध छन् ।

साइकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, ब्लगर र अन्य व्यक्तिले दृश्य कैद गर्न गोप्रो लिन रुचाउँछन् । नेपाली बजारमा गोप्रो क्यामेरालाई आधिकारिक रुपमा आइसफल टेक्नोलोजीले भित्र्याउने गरेको छ ।

पछिल्लाे समय आइसफलले गोप्रो हिरो ११ ब्ल्याक एक्सन क्यामेरा भित्र्याएको छ ।

यसैबीच हालै हामीले गोप्रोको नेपालस्थित आधिकारिक बिक्रेता आइसफल टेक्नोलोजीको शोरुम भ्रमण गरेका थियौं । उक्त शोरुममा गोप्रोसँगै अन्य के कस्ता सामग्री छन्, तिनीहरूका विशेषता के के छन् भन्ने विषयमा जानकारी लिएका छौं ।

हेर्नुहोस् भिडिओ

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ १३:४२