close

शुक्रबारसम्म हिमालय बैंक र सिभिल बैंकका डिजिटल कारोबार अवरुद्ध हुने

टेकपाना टेकपाना

फागुन १०, २०७९ ८:१७

शुक्रबारसम्म हिमालय बैंक र सिभिल बैंकका डिजिटल कारोबार अवरुद्ध हुने

काठमाडौं । शुक्रबारसम्म नेपाल क्लियरिङ हाउससँग सम्बन्धित हिमालयन बैंक र सिभिल बैंकका सम्पूर्ण डिजिटल सेवा अवरुद्ध हुने भएका छन् ।

हिमालयन बैंक र सिभिल बैंक एकआपसमा गाभिने हुँदा डेटा माइग्रेसन गर्न समय लाग्ने भएपछि सेवा अवरुद्ध हुने भएको हो ।

"हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेड एकआपसमा गाभिने प्रयोजनका लागि मिति २०७९ फाल्गुन ८ गते देखि ११ गते सम्म सिस्टम अपग्रेडेसन/ डेटा माइग्रेसनका लागि (System Upgradation / Data Migration) का लागि यी संस्थाहरू सँग सम्बन्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका ईसीसी (NCHL-ECC), आईपीएस (NCHL-IPS), कनेक्ट आईपीएस, कर्पोरेट पे (CORPORATEPAY), कनेक्ट आईपीएस आरटीजीएस (connectRTGS), नेपालपे लगायतका सम्पूर्ण प्रणालीहरू उक्त मितिमा बन्द रहने र राफसाफ नहुने हुँदा यसै सूचना मार्फत जानकारी गराउँदछौँ," नेपाल क्लियरिङ हाउसको सूचनामा लेखिएको छ ।

सो अवधिमा हिमालयन बैंकको पनि डिजिटल बैंकिङ सेवा अवरूद्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ ८:१७