close

विज्ञापन बिना मोबाइलको ब्याकग्राउन्डमा यसरी सुन्नुहोस् युट्युबका भिडिओ

टेकपाना टेकपाना

फागुन ११, २०७९ २२:२९

विज्ञापन बिना मोबाइलको ब्याकग्राउन्डमा यसरी सुन्नुहोस् युट्युबका भिडिओ

काठमाडौं । भिडिओ तथा अडियो सामग्रीका लागि युट्युब निकै प्रचलित छ । धेरैजसो प्रयोगकर्ताले यसका लागि युट्युबकै मोबाइल एप प्रयोग गर्छन् । तर, युट्युब एपमा ब्याकग्राउन्ड अथवा स्क्रिन अफ हुँदा बजिरहेको भिडिओ तथा अडियो पनि रोकिन्छ ।

साथै युट्युबमा बज्ने विज्ञापनले पनि झन् धेरै झन्झट निम्त्याउँछ । यदि तपाईं युट्युबमा गीत सुन्न पारखी हुनुहुन्छ र ब्याकग्राउन्डमा  विज्ञापनबिनै युट्युबको आनन्द लिन चाहनुहुन्छ भने हामी तपाईंलाई सजिलो उपाय बताउँदै छौँ ।

त्यसो त ब्याकग्राउन्डमा युट्युब चलाउन गुगल क्रोम ब्राउजरमा रहेको डेस्कटप मोडको सहारा पनि लिन सकिन्छ । तर, एउटा मोडबाट अर्को मोडमा गइरहने झन्झट र विज्ञापनको झमेलाले यो त्यति व्यवहारिक विकल्प होइन ।  

विज्ञापन बिना ब्याकग्राउन्डमा युट्युब सुन्ने कसरी ? 

कम्प्युटरमा भने ब्रेभ वेब ब्राउजरबाट बिना कुनै विज्ञापन युट्युब भिडिओ हेर्न सकिन्छ । अनलाइन विज्ञापन रोक्ने मात्र होइन, यो कुकिज र अनेक किसिमका ट्र्याकरलाई ब्लक गरी प्रयोगकर्ताको गोपनीयता कायम राख्ने कुराका लागि पनि निकै परिचित छ । वेब ब्राउजरमा युट्युब खोल्दा डिफल्ट रूपमै त्यसमा आउने विज्ञापन ब्लक हुने गर्छन् । साथै कुकिज तथा ट्र्याकरलाई समेत यसले त्यसैगरी ब्लक गर्दछ ।  

साथै यसको मोबाइल एपमा युट्युब तथा अन्य वेबसाइटका भिडिओ ब्याकग्राउन्डमा प्ले गर्न सकिने नयाँ फिचरसमेत थपिएको छ । तर यो फिचर डिफल्ट रूपमा भने प्रयोग गर्न पाइँदैन  ।

यसो त यो ब्रेभको एप प्रयोग गरेर मोबाइलमा पनि ब्याकग्राउन्डमा भिडिओ सुन्न सकिन्छ । तर, आज हामी तपाईँलाई त्यसभन्दा पनि सजिलो तरिका सिकाउँदै छौँ ।

यसभन्दा पहिले एप ब्याकग्राउन्डमा बिना कुनै विज्ञापन देखाएर भिडिओ प्ले गर्नसक्ने एप 'भेन्स्ड' निकै प्रख्यात थियो । तर, गुगलले यो एप गुगलको नीति विपरीत गएको भन्दै प्लेस्टोरबाट हटायो ।

अहिले 'भेन्स्ड' जस्तै शैलीका विभिन्न एप चर्चामा छन् । त्यसमध्ये 'प्ले ट्युब' नाम भएका दुई एप यस प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । यी एपमा तपाईँले भिडिओ चलिरहेको बेला सोझै ब्याक गरेर भिडिओलाई ब्याकग्राउन्डमा बजाउन सक्नुहुन्छ । यसले युट्युबको प्रिमियम फिचर निःशुल्क प्रयोग गर्ने सुविधा दिन्छ ।

तर, आईओएस प्रयोगकर्ताका लागि भने यी एप एपस्टोरमा उपलब्ध छैनन् । हामीले चर्चा गर्न लागेका दुवै एप एउटै प्रकृतिको भएको र एउटै सुविधा दिने किसिमका छन् ।

तर, यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिने प्ले ट्युब यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिने प्ले ट्युबभन्दा केही स्तरीय देखिनुका साथै युट्युबको अनुभव दिन्छ ।

यी एपले प्रयोगकर्ताबाट कुनै किसिमको पर्मिसन नमाग्ने भएकाले निर्धक्क प्रयोग गर्न विभिन्न वेबसाइट र ब्लगमा सझाव दिइएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ ९:४२