close

हुन्डाईको एक्सचेन्ज अफर, पुराना ईभी दिएर नयाँ कोना र आयोनिक लिन सकिने

टेकपाना टेकपाना

फागुन १५, २०७९ १४:२७

हुन्डाईको एक्सचेन्ज अफर, पुराना ईभी दिएर नयाँ कोना र आयोनिक लिन सकिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरूमा एक्सचेन्ज अफर ल्याएको छ । 

‘अपग्रेड योर इलेक्ट्रिक जोर्नी विथ आयोनिक फाइभ’ अफर अन्तर्गत सवारीधनीले आफ्नो पुरानो विद्युतीय गाडीसँग हुन्डाईका विद्युतीय गाडी, कोना र आयोनिक फाइभ एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार एक्सचेन्ज योजनामा कोनाकै पुरानो इभीको न्यूनतम एक्सचेन्ज मूल्याङ्कन ४० लाख रुपैयाँसम्म कायम गरिएको छ । त्यसैगरी अन्य विद्युतीय सवारीको हकमा भने गाडीको अवस्था हेरेर मूल्याङ्कन गरिने बताइएको छ ।  

यस अफर अन्तर्गत कम्पनीले कुनै पनि ब्रान्डको विद्युतीय सवारी एक्सचेन्ज गर्न सक्नेछन् । यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकका लागि उत्कृष्ट अवसर दिने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार यो अफर देशभरका हुन्डाई सोरुमहरूमा उपलब्ध गराइएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १४:२९