close

फेसबुकबाट नाबालिका फकाउँदै काठमाडौं बोलाएर यौन शोषण गर्ने चिनियाँ नागरिक पक्राउ

टेकपाना टेकपाना

फागुन १५, २०७९ १३:२७

फेसबुकबाट नाबालिका फकाउँदै काठमाडौं बोलाएर यौन शोषण गर्ने चिनियाँ नागरिक पक्राउ

ललितपुर । बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ बुङ्गमती स्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनलाई शनिबार पक्राउ गरिएको हो ।

उनले फेसबुकमार्फत नाबालिकाहरूसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाउने गरेका थिए । विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न गराउनुका साथै मिङले आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचना प्रहरीमा पुगेको थियो । 

सोही सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ बुङ्गमतीबाट पक्राउ गरेको हो ।  उनले १४ देखि १७ वर्षका छ जना नाबालिकहरूमध्ये दुई जनालाई बुङमतीस्थित आफ्नो अपार्टमेन्टमा लगेर यौन शोषण गरिसकेको प्रहरीले जनाएको छ । त्यस्तै ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले अन्य चार जना बालिकाहरूको उद्धार गरेको छ । 

चिनियाँ नागरिक मिङ उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १३:३८