close

टिन्डरले ल्यायो पुराना पुस्ताका सिङ्गललाई तन्नेरीको कोड भाषा बुझ्न सघाउने ‘डेटिङ डिक्सनरी’

टेकपाना टेकपाना

फागुन २३, २०७९ १३:४१

टिन्डरले ल्यायो पुराना पुस्ताका सिङ्गललाई तन्नेरीको कोड भाषा बुझ्न सघाउने ‘डेटिङ डिक्सनरी’

काठमाडौं । टिन्डरले नयाँ पुस्ताका युवायुवतीहरूले प्रयोग गर्ने काेड भाषा पुराना सिंगल व्यक्तिले नबुझेको भन्दै यसलाई सहज बनाउन 'डेटिङ डिक्सनरी' (डेटिङ शब्दकोष) तयार पारेको छ । 

तन्नेरीले बोलेको कुरा पुराना पुस्ताका सिंगलले नबुझ्ने भएपछि नयाँ पुस्ता र पुराना पुस्ताको बीचमा भएको यो खाडल पुर्न डेटिङ शब्दकोष ल्याएकाे कम्पनीले जनाएकाे छ ।

टिन्डरले यो शब्दकोष तयार पार्नुअघि गरेको अध्ययनमा ६० प्रतिशत युवा (१८ देखि २५ वर्ष)ले डेटिङको समयमा पुराना पुस्ताका सिंगलहरूले भन्दा आफूहरूले फरक भाषा बोल्ने गरेको बताएका थिए ।

उनीहरूले डेटिङको विषयमा आफ्ना अभिभावकहरूले भन्दा फरक बोल्ने महसुस गर्ने गरेको अध्ययनले देखाएको छ ।

सोही अध्ययनको आधारमा कम्पनीले नयाँ पुस्ताका व्यक्तिहरूले कुन शब्द कस्तो प्रकारको भावना व्यक्त गर्न प्रयोग गर्छन् भन्ने विषयलाई लिए शब्दकोष तयार पारेको छ ।

यो शब्दकोषले फरक-फरक पुस्ताका व्यक्तिहरूलाई डेट गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।  

शब्दकोषमा थप भएका केही शब्दहरूमा बेन्चिङ, सिचुएनसिप, ग्रिन डेटिङ, किटनफिसिङ, नेक्स्ट अन डेक, ओटीपी, डेटरभ्यु लगायत रहेका छन् । 

पछिल्लो अध्यावधिक: फागुन २३, २०७९ १३:५४