पछिल्लो समय डिजिटल प्रविधिमार्फत शिक्षण तथा सिकाइका गतिविधि भइरहेका छन् । यसका लागि थुप्रै डिजिटल प्लेटफर्म निर्माण भएका छन् , जसबाट आफू अनुकूल अध्ययन तथा अध्यापन गर्न सकिन्छ ।
शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढिरहँदा ‘डिजिटल पर्सनलाइज्ड लर्निङ’ अवधारणाले व्यापकता पाएकाे छ ।
डिजिटल पर्सनलाइज्ड लर्निङ के हो ?
यो अध्ययन गर्ने एक प्रकारको शैली अथवा विधि हो । डिजिटल प्रविधि प्रयोग गरी आफ्नो आवश्यकता, क्षमता र रुचि अनुसारका विषय अध्ययन गर्नु डिजिटल पर्सनलाइज्ड लर्निङ हो ।
यसले मुख्यत: विद्यार्थीलाई ‘कस्टमाइज एजुकेसनल एक्सपेरियन्स’ बाट उनीहरुको आवश्यकता पूरा गर्न कोसिस गर्दछ । त्यस्तै सिकारु आफ्नै ठाउँमा बसेर शिक्षणमा सहभागी हुन सक्छन् ।
डिजिटल पर्सनलाइज्ड लर्निङमा शैक्षिक प्रविधि (एडटेक) का विभिन्न सफ्टवेयर तथा एप्लिकेसनहरू प्रयोग हुन्छन्, जस्तो; लर्निङ म्यानेजमेन्ट सिस्टम, एडेप्टिप लर्निङ प्लेटफर्म, एजुकेसनल गेम आदि ।
यसबाट विद्यार्थीले कस्टमाइज्ड कन्टेन्ट, एडेप्टिभ एसेसमेन्ट, इन्डिभिजुअलाइज्ड फिडब्याक जस्ता काम गर्न सक्छन् ।
यसबाट शिक्षकले विद्यार्थीबारे तयार भएका डेटा तत्काल प्राप्त गर्न सक्छन् । त्यस्तै विद्यार्थीका विभिन्न आवश्यकता पूरा गर्न भिन्न-भिन्न शिक्षण विधि र शैक्षिक सामग्री प्रयोग हुन सक्छ ।
त्यसैले यसलाई एक प्रभावकारी सिकाइका रुपमा लिने गरिन्छ । यस विधिको प्रयोगबाट शैक्षिक नतिजामा पनि सुधार हुनसक्छ ।
क-कसले प्रयोग गर्न सक्छन् ?
यो विधि सबै उमेर समूहका विद्यार्थीले प्रयोग गर्न सक्छन् । वा, जुनै विषय अध्ययन गरेका विद्यार्थीले प्रयोग गर्न सक्छन् । प्राथमिकदेखि उच्च शिक्षा अध्ययनरत विद्यार्थीले यो विधि प्रयोग गर्न सक्छन् ।
यसो हुँदा धेरै विद्यार्थीले डिजिटल पर्सनलाइज्ड लर्निङबाट फाइदा लिन सक्छन् । परम्परागत शिक्षण पद्धतिबाट उम्कन खोजेका, स्वअध्ययन गर्न रुचाउने, कुनै खास कुरा सिक्न खोजेका वा शिक्षण दुर्बलता (attention deficit hyperactivity disorder-ADHD) भएका विद्यार्थीले डिजिटल पर्सनलाइज्ड लर्निङबाट फाइदा लिन सक्छन् ।
त्यस्तै विद्यार्थीबाहेक यो विधि शिक्षक, इन्स्ट्रक्सनल डिजाइनर, एजुकेसनल एड्मिनिस्ट्रेटर लगायतका व्यक्तिले प्रयोग गर्न सक्छन् । शिक्षक स्वयंले यो विधि प्रयोग गर्दा उनीहरूले विद्यार्थीको आवश्यकता वा क्षमता थाहा पाउन सक्छन् । यसबाट थप प्रभावकारी शैक्षिक कार्यक्रम तयार हुन सक्छ ।
तर एडटेकको महँगो शुल्क, तालिमप्राप्त शिक्षकको अभाव, प्राविधिक समस्या लगायत अन्य समस्याले यसको प्रभावकारितामा भने प्रश्न खडा गरिरहन्छ ।