close

क्रोमको छुट्टै नोट्स फिचर, के के छन् विशेषता ?

टेकपाना टेकपाना

फागुन २६, २०७९ १६:२२

क्रोमको छुट्टै नोट्स फिचर, के के छन् विशेषता ?

काठमाडौं । गुगलको ब्राउजर क्रोममा 'नोट्स' फिचर समावेश हुने भएको छ । पछिल्लो समयमा क्रोमलाई स्तरीय बनाउन गुगलले नयाँ नयाँ फिचरहरू परीक्षण गरिरहेको छ ।

कम्पनीले हालसालै ब्याट्री लाइफ इम्प्रुभमेन्ट फिचर ल्याएको थियो । यो लगत्तै कम्पनीले नयाँ फिचर 'नोट्स' पनि काम गरिरहेको जानकारी बाहिरिएको छ । 

यस फिचर उपलब्ध भएपछि क्रोमको साइड प्यानलमा नोट्सको अप्सन समावेश हुनेछ । कुनै पनि वेबसाइट खोल्दा उक्त वेबसाइटको पेजसँगै नोट्सको आइकन पनि देख्न सकिनेछ ।

यदि उक्त वेबपेजको केही कुरा कपी गरेर नोट्समा राख्नुभयो भने त्यही टेक्स्टमा उक्त वेबसाइटको लिङ्क पनि समावेश हुनेछ । यसरी नोट्समा भएको टेक्स्ट क्लिक गर्दा जुन वेबसाइटबाट साभार गरिएको हो त्यही पेज ओपन हुनेछ । 

त्यस्तै एउटै वेबसाइटका लागि विभिन्न नोट्स बनाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

यदि तपाईँ विभिन्न लिङ्कलाई बुकमार्कमा सेभ गर्ने गर्नुभएको छ भने यो फिचर तपाईँका लागि उपयोगी हुनसक्छ ।

यो फिचर अहिले परीक्षण भइरहेको छ । जसको कोड गिटहबमा पनि पाउन सकिन्छ । यदि तपाईँ यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने क्रोम डेभ (Chrome Dev) वा क्रोम क्यानरी (Chrome Canary) डाउनोड गरी chrome://flags नेभिगेट गर्नुहोस् ।

त्यसपछि तपाईँले #power-bookmarks-side-panel, #power-bookmark-backend, and #user-notes-side-panel फ्ल्याग तयार गर्नुहोस् । अनि ब्राउजर रिस्टार्ट गर्नुहोस् ।

अहिले परीक्षणको चरणमा भएकाले यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध हुन केही महिना कुर्नुपर्ने हुन्छ । यसैबीच गुगलले नयाँ अपडेट मार्फत एन्ड्रोइड ब्राउजरका लागि पेज जुम गर्न मिल्ने फिचर ल्याउने तयारी पनि गरिरहेको छ ।  

 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १६:२५