close

च्याटजीपीटी अब स्मार्टवाचमा पनि प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

फागुन २७, २०७९ १६:२

च्याटजीपीटी अब स्मार्टवाचमा पनि प्रयोग गर्न सकिने

काठमाडौं । ओपनएआईले आफ्नो एआई च्याटबट च्याटजीपीटीको दायरा विस्तार गरेकाे छ । अब च्याटजीपीटी स्मार्टवाचमा पनि प्रयोग गर्न सकिने छ । फिटनेस ब्रान्ड अमेजफिटको 'जीटीआर फोर' मा च्याटजीपीटी उपलब्ध हुने कुरा बाहिरिएको हो ।

कम्पनीले च्याटजीपीटीलाई स्मार्टफोनको मेनुमा भने 'ChatGenius' (च्याट जिनियस) को रूपमा सूचीबद्ध गर्ने जनाएको छ । उक्त अप्सनमा गएर प्रयोगकर्ताले डेस्कटपमा प्रयोग गरेजस्तै आफ्नै स्मार्टवाचमा च्याटजीपीटीसँग च्याट गर्ने भएका हुन् ।

यसमा स्मार्टवाचमा भएका विभिन्न फिचरलाई पनि एकीकृत गरिएको छ । जस्तो कि प्रयोगकर्ताले च्याटजीपीटीलाई आफूले आज दिनमा कति पाइला हिँड्यो, आफ्नो मुटुको धड्कनको चाल कस्तो छ लगायतका विभिन्न आफ्ना व्यक्तिगत विवरण सोध्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ १६:९