close

आउँदो सातादेखि पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धा, नेपालबाट १० टिम भिड्दै

टेकपाना टेकपाना

चैत १, २०७९ १५:३३

आउँदो सातादेखि पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धा, नेपालबाट १० टिम भिड्दै

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ मार्च २१ देखि अप्रिल १६ सम्म सञ्चालन हुने भएको छ । यो प्रतियोगितामा नेपाल, बङ्गलादेश र मङ्गोलियाका गरी कुल २० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट ‘डीआरएस गेमिङ’, ‘इलिमेन्ट्रिक्स’, ‘डेडआइज गाइज’, ‘ट्रेन टु किल’(टीटूके), ‘इलुमिनेट क्रु’,  ‘लियो ग्याङ्स्टर’, ‘एब्रप्ट स्लेयर’, ‘हाइ भोल्टेज’, ‘स्काइलाइट गेमिङ’ र ‘रअ ई-स्पोर्ट्स’ भिड्न लागेका हुन् ।

‘इलुमिनेट क्रु’,  ‘लियो ग्याङ्स्टर’ र ‘एब्रप्ट स्लेयर’ पब्जी मोबाइल नेसनल च्याम्पियनसिप २०२२ बाट छनोट भएका हुन् । अन्य बाँकी नेपाली टिमले पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल २०२२ मा शीर्ष १० भित्र रहँदै यो प्रतियोगिताका लागि स्थान सुरक्षित गरेका हुन् ।

करिब तीन साता चल्ने प्रतियोगितामा २१ मार्च देखि अप्रिल ९ सम्म लिग चरणको खेल हुनेछन्  । लिग चरणको खेलमा २० टिमलाई चार-चार टिमका हिसाबले पाँच समूहमा विभाजन गरिनेछ ।

अन्तिम चरण अर्थात् फाइनलको खेल अप्रिल १४ देखि १६ सम्म हुनेछन् । फाइनलमा लिग चरणको खेलमा शीर्ष १६ भित्र पर्ने सफल टिमले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताको कूल पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड चार लाख ६५ हजार रुपैयाँ) राखिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १५:३९