काठमाडौं । दशरथ रंगशालामा आजदेखि प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता सुरु भएको छ । यसअन्तर्गत नेपाल र लाओसको राष्ट्रिय टोलीबीच भइरहेको पहिलो खेलको प्रत्यक्ष प्रसारण एनटिभी प्लस च्यानलले गरिरहेको छ ।
सामाजिक सञ्जाल युट्युबमा प्रत्यक्ष प्रसारणको अधिकार पाएको 'रुटिन अफ नेपाल बन्द' ले भने खेल देखाउन सकेको छैन । प्रतियाेगिताकाे डिजिटल पार्टनर समेत रहेकाे उसले सुरुको १५ मिनेटमात्रै खेल देखाएको थियाे ।
अनलाइनबाट खेल देखाउनका लागि मैदानमा इन्टरनेटको राउटरकाे व्यवस्थापन गर्न समय लागेकाे र केही बेरमै खेल प्रसारण गरिने रुटिन अफ नेपाल बन्दले जनाएकाे छ ।
यसअघिकाे १५ मिनेट लाइभ मोबाइल डेटामार्फत देखाइएकाले साे च्यानलमा न्यून क्वालिटीकाे भिडिओ प्रसारण भएकाे थियाे ।
अपडेटः रुटिन अफ नेपाल बन्दले दोस्रो हाफबाट आफ्नो युट्युब च्यानलमा नेपाल-लाओसबीचको फुटबल खेलको प्रसारण गरेको छ ।