close

कस्ता प्रयोगकर्तालाई आवश्यक पर्छ गिगाबिट इन्टरनेट ?

टेकपाना टेकपाना

चैत १३, २०७९ १४:९

कस्ता प्रयोगकर्तालाई आवश्यक पर्छ गिगाबिट इन्टरनेट ?

काठमाडौं । तपाईंले इन्टरनेट सेवाप्रदायकले उच्च गतिको इन्टरनेटबारे विज्ञापन गरिरहेकाे देख्नु/सुन्नु भएकै हाेला । त्यस्ता विज्ञापनमा अनलाइन भिडिओ गेम खेल्दा इन्टरनेटको द्रुत गति प्राप्त हुने, इन्टरनेट ल्याग नहुने, फाइलहरु केही सेकेन्डभित्रै अपलोड हुनेजस्ता कुरा देखाइन्छ ।

इन्टरनेटमा अहिले फास्ट स्पिडको चर्चा सामान्य भइरहेको छ । तपाईँले गिगाबिट इन्टरनेटबारे कति सुन्नुभएको छ ? तर यस्ताे इन्टरनेट प्लान सबै व्यक्तिका लागि उपयाेगी नहुन सक्छ । यदि तपाईं घरबाट काम गर्नुहुन्छ, जुममा मिटिङ गर्नुहुन्छ, ‍फोरके फ्लिम स्ट्रमिङ गर्नुहुन्छ भने इन्ट्री लेभल वा मिडटायर (entry-level and midtier) का इन्टरनेट प्लान उपयुक्त हुन्छन् । 

तर यतिबेला आफ्ना ग्राहक द्रुत गतिको गिगाबिटमा अपग्रेड होउन् भन्ने कुरा हरेक आईएसपीले चाहेका छन् । तर त्यसप्रकारका सेवामा अपग्रेड हुँदा इन्ट्री लेभल वा मिडटायरका इन्टरनेटको तुलनामा ७८ देखि ८० प्रतिशत महँगो पर्न जान्छ ।

ओक्ला स्पिड टेस्टका अनुसार जनवरी २०२३ तिर अमेरिकामा मेडियन फिक्स्ड ब्रोडब्याण्ड स्पिड (Median Fixed Broadband speed) १९५ मेगाबिट्स प्रति सेकेन्ड मापन गरिएको थियाे । यसको मतलब धेरै घरधुरीले योभन्दा उच्च गतिको इन्टरनेट प्रयोग गरिरहेका छन् । त्यस्तै कतिले त्योभन्दा कम गतिको इन्टरनेट प्रयोग गरिरहेका छन् ।

डिज्‍नी प्लस, नेटफ्लिक्स, सोनी प्लेस्टेसन प्लस र जुमजस्ता कम्पनीहरु इन्टरनेट गतिको सीमाबारे सचेत देखिन्छन् । त्यसैले कम गतिको इन्टरनेटमा पनि उनीहरूले आफ्नो प्लेटफर्म चल्नसक्ने गरी डिजाइन गरेका छन् । यद्यपि एकैपटक धेरै डिभाइसबाट स्ट्रिमिङ गर्न चाहेका प्रयोगकर्ताले १०० देखि ५०० एमबीपीएसको गति भएको इन्टरनेट राख्न सक्छन् । 

के हो त गिगाबिट इन्टरनेट ?

इन्टरनेटको गतिबारे गरिएको धेरैजसो विज्ञापनअनुसार गिगाबिट इन्टरनेट सेवामा प्रति सेकेन्डमा एक गिगाबिट वा हजार मेगाबिटस् (megabits) डेटा ट्रान्सफर हुनुपर्छ । तर प्रयोगकर्ताले त्यो गति कहिले पनि प्राप्त गर्दैनन् ।

अब इन्टरनेटका केही गतिबारे चर्चा गरौँ: 

उच्च गतिको इन्टरनेट सेवा (High-Speed Internet Service): अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)को परिभाषा अनुसार २५ एमबीपीएससम्म वा त्योभन्दा माथिका इन्टरनेट गति यस सेवामा पर्छन् ।

आजभोलि ७५ एमबीपीएसदेखि ३०० एमबीपीएसबाट सुरु भएका इन्ट्री लेभल (Entry-Level)का इन्टरनेट प्लान उपलब्ध रहेका छन् । 

गिगाबिट इन्टरनेट प्लान (Gigabit Internet Plans): यस प्रकारका प्लानमा डाउनलोड स्पिड ८०० देखि ९४० एमबीपीएस र अपलोड स्पिड ३० देखि ५० एमबीपीएस (केबल), ८८० देखि ९४० एमबीपीएस (फाइबर) मा रहेका छन् ।

केही समयअघिसम्म आईएसपीहरूले गिगाबिट योजनामा जोड दिइरहेका थिए भने आजभोलि गिग प्लस (Multi plus) र मल्टि गिग (Multi-gig) प्लानलाई प्रवर्द्धन गरिरहेका छन् । 

गिग प्लस प्लान (Gig+ plans): यस्ता यो‍जनामा डाउनलोड स्पिड १२०० देखि २००० एमबीपीएससम्म हुने गरेको छ ।  साथै यस्ता योजना जहिँतहीँ उपलब्ध छैनन् । तर आईएसपीहरुले विभिन्न ठाउँमा पुर्‍याउन लागिपरेका छन् ।

मल्टि-गिग प्लान (Multi-gig plans): यो निकै महँगो प्लान हाे । यसमा इन्टरनेट गति २००० एमबीपीएस (२ जीबीपीएस) हुने गर्छ । तर सैद्धान्तिरुपमा यस प्रकारका योजनाको इन्टरनेट गति १० जीपीपीएससम्म रहेको छ । (यहाँ प्रयोग गरिएको गlग, प्रतिसेकेन्ड गिगाबिटस् वा जीबीपीएस हो ।)

के २०२३ मा गिगाबिट इन्टरनेट सेवा आवश्यक छ ?

हुन त द्रुत गति सधैं राम्रो नै हुन्छ । तर प्रयोगकर्ताले कुन कामका लागि यस्ताे इन्टरनेट प्रयोग गर्ने वा कसरी प्रयोग गर्ने भन्ने निर्क्याेल नभइकन यस्ता इन्टरनेट सेवा प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

डिज्‍नीप्लसका अनुसार फोरके भिडिओ स्ट्रमिङका लागि २५ एमबीपीएस पर्याप्त हुन्छ ।

गिगाबिट इन्टरनेट सेवाप्रदायकले प्रति सेकेन्ड ९०० मेगाबिट्सको गति प्रदान गर्छ । यसकारण उक्त गतिको इन्टरनेटबाट परिवारका १२ सदस्यलाई फोरके भिडिओ स्ट्रमिङ गर्न पर्याप्त हुन्छ ।

सिलिङ टिभी वा युट्युब टिभीमा १०८०पी एचडी (1080p HD) को भिडिओ स्ट्रमिङ गर्न ३ देखि ५ एमबीपीएसको इन्टरनेट गति आवश्यक पर्छ । यदि परिवारको सदस्य धेरै छ भने पनि इन्टरनेटबाट टिभी वा चलचित्र हेर्नका लागि १०० देखि ५०० एमबीपीएसको गति पर्याप्त हुन्छ । 

त्यस्तै अनलाइन मल्टिप्लेयर गेमहरू जस्तै; कल अफ ड्युटी, फोर्टनाइट, लिग अफ लेजेन्डस् खेल्न ५ देखि ५० एमबीपीएस बराबरको इन्टरनेट गति आवश्यक पर्छ ।

यदि प्रयोगकर्तासँग राम्रो राउटर र स्तरीय वाई-फाई छ भने इन्टरनेटको गति ठीकै प्राप्त हुन्छ । त्यस्तै प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेटका लागि इथरनेट केबल  (Ethernet Cable)गेमिङ कन्सोल वा कम्प्युटरमा जोड्न सक्छन् । 

रिमोर्ट वर्क वा लर्निङ फ्रम होमको मामिलामा के हुन्छ ?

यदि प्रयोगकर्ता घरबाट नै काम गर्छन् भने जुम मिटिङ, गुगल मिट, माइक्रोसफ्ट टिम्स, वेबएक्स, भेराइजनजस्ता प्लेटफर्म ३ एमबीपीएसमा राम्ररी चल्छ ।

त्यस्तै इयुफी (Eufy) र वाईजी (Wyze) जस्ता कम्पनीहरुका सेक्युरिटी क्यामेराहरू २ देखि ५ एमबीपीएससम्ममा राम्ररी चल्छन् । 

गिगाबिट इन्टरनेटको मूल्य कति ?

धेरैजसो अनलाइन सर्भिसहरूका लागि उच्च गतिको इन्टरनेटको आवश्यकता पर्दैन । तीनदेखि आठजना सदस्य भएका परिवारका लागि १०० देखि ५०० एमबीपीएसको इन्टरनेट ठीक हुन्छ ।

यदि प्रयोगकर्ताले गिगाबिटको शुल्क तिरेर ३०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका छन् भने पैसा मात्र खेर जाने हुन्छ । 

अमेरिकाको ठूलो केबल आईएसपी एक्सफिनिटीको सबैभन्दा कम शुल्क ६० डलर (करिब सात हजार ८०० रुपैयाँ) रहेको छ । सो योजनामा ७५ एमबीपीएस डाउनलोड स्पिड र १० एमबीपीएस अपलोड स्पिड रहेको छ ।

त्यही आईएसपीको १२०० एमबीपीएस डाउनलोड स्पिड र ३५ एमबीपीएस अपलोड स्पिड रहेको योजनाको शुल्क करबाहेक १०७ डलर (करिब १४ हजार रुपैयाँ) रहेको छ । त्यस्तै सोही योजनामा वार्षिक ५६४ डलर (करिब ७३ हजार ७०० रुपैयाँ) अतिरिक्त शुल्क लाग्छ ।

तर त्यही आईएसपीले २०० एमबीपीएस प्लान ७७ डलर (करिब १० हजार रुपैयाँ) र ४०० एमबीपीएस प्लान ९२ डलर (करिब १२ हजार रुपैयाँ) को रहेको छ । यद्यपि प्रयोगकर्ताले सुरुमा गिगाबिट योजना लिँदा वा आईएसपी परिवर्तन गर्दा केही छुट पाउँछन् । 

गिगाबिट इन्टरनेट कसका लागि ?

जसले भिडिओ एडिटिङको व्यापार चलाएका छन्, उनीहरूलाई गिगाबिट स्पिड आवश्यक पर्नसक्छ । किन कि उनीहरूले दैनिक ठूला आकारका फाइल पठाउन वा डाउनलोड गर्नुपर्ने हुन्छ ।

त्यस्तै ठूला आकारका डेटामा काम गर्ने कम्पनीका लागि पनि गिगाबिट इन्टरनेट आवश्यक पर्नसक्छ । योसँगै नयाँ-नयाँ गेम खेलिरहने गेमरहरूका लागि पनि गिगाबिट इन्टरनेट काममा आउँछ । 

फाइबर र केबल गिगाबिट इन्टरनेटमा के भिन्नता ?

गिगाबिट इन्टरनेट जडान गर्नका लागि फाइबर इन्टरनेट प्रयोग गर्नु बढी फाइदाजनक हुन्छ ।

केबलको तुलनामा फाइबर इन्टरनेटको गति बढी हुन्छ । फाइबर इन्टरनेटमा अपलोड स्पिड ९४० एमबीपीएससम्म पुग्दा भने केबल इन्टरनेटमा ३० देखि ५० एमबीपीएसको मात्र अपलोड स्पिड हुने गर्छ । 

गिगाबिट इन्टरनेटबाट फाइदा लिन कस्तो डिभाइस चाहिन्छ ?

यदि आईएसपीले राउटर, केबल मोडेम नि:शुल्क रुपमा दिएका छन् भने ती पनि प्रयोग गर्नुपर्छ । यी कुराले पनि इन्टरनेटमा आएको समस्या समाधान गर्छ ।

त्यस्तै तपाईंले वाई-फाई सिक्स स्यान्डएलोन (Wi-Fi 6 standalone) राउटर, वाई-फाई सिक्स ई (Wi-Fi 6E), वाई-फाई सेभेन (Wi-Fi 7) वा मेश राउटर प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १४:३८