close

बससेवाबाट बसको टिकट काट्दा सुनको हार जित्ने मौका

टेकपाना टेकपाना

चैत १५, २०७९ १८:०

बससेवाबाट बसको टिकट काट्दा सुनको हार जित्ने मौका

काठमाडौं । अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको अवसर पारी ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ ।

चैत १५ गतेदेखि वैशाख ५ गतेसम्म लागू हुनेगरी कम्पनीले यस्तो योजना ल्याएको हो । योजनामा सहभागी यात्रुले बससेवाको मोबाइल एपमार्फत टिकट काटेको हुनुपर्ने जनाइएको छ ।

२० दिनको अवधिमा अनलाइनमार्फत टिकट काट्ने यात्रुमध्ये एक जनाले गोलाप्रथामार्फत सुनको हार र अर्का दुई जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्ने बससेवाले जनाएकाे छ ।

यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप तथा अन्य सेवाप्रदायकका मोबाइल एपबाट टिकट काट्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १८:१२