close

पूर्वप्रेमीसँगको गोप्य भिडिओ र फोटो हुनेवाला श्रीमानलाई पठाएपछि...

टेकपाना टेकपाना

चैत १८, २०७९ ८:१

पूर्वप्रेमीसँगको गोप्य भिडिओ र फोटो हुनेवाला श्रीमानलाई पठाएपछि...

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेकाे आरोपमा तीन महिला पक्राउ परेका छन् । फरकफरक उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।

यसअन्तर्गत पीडितको पूर्वप्रेमीसँग फेसबुक मेसेन्जरमा भएको कुराकानी र गोप्य भिडिओ तथा फोटोहरू पीडितको हुनेवाला श्रीमानलाई मेसेन्जरमा पठाएको आरोपमा जुम्लाको गुठीचौर गाउँपालिका वडा नं ४ थामीगाउँ खल्लाबाडा स्थायी घर भई हाल काठमाडौंको नेपालटार बस्ने १९ वर्षीया देवकी न्यौपाने पक्राउ परेकी छन् ।

पीडितले आफ्नो पूर्वप्रेमीसँगको गोप्य फोटो/भिडिओ र कुराकानी आफ्नो हुनेवाला श्रीमानले प्राप्त गरेपछि प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा अनुसन्धानको क्रममा चैत १७ गते देवकी पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै अनलाइनमा पीडित महिला र उनको साथीको फोटो एडिट गरेर अश्लील क्याप्सनसहित फेसबुकमा शेयर गरेको आरोपमा अर्की एक युवती पक्राउ परेकी छिन् ।

अनलाइनबाट पीडित र उनको साथीको फोटो एडिट गरी अश्लील क्याप्सन राखी फेसबुकमा शेयर गरेको उजुरी आएपछि अनुसन्धानको क्रममा प्रहरीले पाँचथरको तुम्मेवा गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौंको कोटेश्वरस्थित डेरा गरी बस्ने ३५ वर्षीया मुना त्रिताललाई गत चैत १४ गते पक्राउ गरेकाे हाे । मुनाले फेसबुकमा फेक प्रोफाइल बनाई पीडितको चरित्रहत्या हुनेगरी फोटो एडिट गरेको पाइएको प्रहरीले जनाएको छ । 

त्यसैगरी विभिन्न सामाजिक सञ्जालका प्लेटफर्ममा पीडितको फेक प्रोफाइल बनाई अश्लील संवाद गर्ने गोरखाको गण्डकी गाउँपालिका वडा न १ स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० आकासेधारा बस्ने ३९ वर्षीया उर्मिला घिमिरे पक्राउ परेकी छिन् ।

उर्मिलाले पीडितको फेक प्रोफाइल बनाई अरुसँग अश्लील कुराकानी गर्ने तथा टिकटकमा समेत बदनाम हुने भिडिओहरू राख्ने गरेको प्रहरीले जनाएको छ । पीडितको निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेर उर्मिलालाई गत चैत १३ गते पक्राउ गरेको हाे ।

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ ८:७