close

आईपीएल क्रिकेटको उद्घाटन समारोहमा १५०० ड्रोनको आतिसबाजी

टेकपाना टेकपाना

चैत १८, २०७९ १३:२

आईपीएल क्रिकेटको उद्घाटन समारोहमा १५०० ड्रोनको आतिसबाजी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औं संस्करण शुक्रबारदेखि सुरु भएको छ । विश्व क्रिकेटकै सर्वाधिक लाेकप्रिय प्रतियोगिताका रुपमा स्थापित आईपीएलकाे उद्घाटन समारोहमा मुख्य आकर्षण बनेको थियो, ड्रोन प्रदर्शनी ।

भारतको अहमदाबादमा आयोजना गरिएको भव्य समाराेहमा 'ड्रोन शो' ले त्यहाँकाे आकाशलाई झलमल्ल बनाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त प्रदर्शनीमा १५०० ओटा ड्रोन प्रयोग गरिएको थियो ।

आईपीएलको १६ वर्ष लामो इतिहासमा पहिलोपटक यति धेरै ड्रोनमार्फत लाइट शो प्रस्तुत गरिएको हो ।

थ्रीडी ड्रोन शोका लागि विगत केही दिनदेखि आकाशमा अभ्यास भइरहेको थियो । ड्रोनद्वारा सिर्जना गरिएका विभिन्न आकृतिमध्ये सबैभन्दा उत्कृष्ट आईपीएलको ट्रफी थियो ।

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १३:८