close

चल्न थाल्यो ईसेवा

टेकपाना टेकपाना

चैत २१, २०७९ १६:२३

चल्न थाल्यो ईसेवा

काठमाडौं । डिजिटल वालेट ईसेवामा देखिएको समस्या करिब सात घण्टापछि समाधान भएको छ । मंगलबार बिहानदेखि एपमा अकाउन्ट स्वतः लगआउट भएको देखिएको थियो ।

प्रयोगकर्तालाई 'पुश नोटिफिसेन' पठाउन खोज्दा यस्तो समस्या आएको कम्पनीले जनाएकाे छ । याे अवधिमा एप खोल्दा अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएकाे थियाे ।

फोन नम्बर र पासवर्ड राखेर लगइन गर्न खोज्दा पनि लगइन हुन नसकेपछि प्रयोगकर्ताले गुनासो गरेका थिए ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १७:१७