close

विदेश बसेर क्रिप्टोकरेन्सीमा लगानी गर्ने नेपालीलाई कसरी हुन्छ कारबाही ?

टेकपाना टेकपाना

चैत २१, २०७९ २२:५३

विदेश बसेर क्रिप्टोकरेन्सीमा लगानी गर्ने नेपालीलाई कसरी हुन्छ कारबाही ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालभित्र मात्र नभई विदेशमा बस्ने नेपालीहरूलाई समेत क्रिप्टोकरेन्सीमा लगानी गर्नबाट रोक लगाएको छ । यस्तोमा यदि विदेशमा बस्ने नेपालीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरे राष्ट्र बैंकले कसरी कारबाही गर्छ भन्ने स्वाभाविक प्रश्न उठ्छ ।

हुन त आफ्नो देशको कानूनको पालना गर्नु असल नागरिकको कर्तव्य हो । कतिपय कानूनी व्यवस्थाहरूको पालना सरकारबाटै गराउने सम्बन्धमा देशका केही सीमा भने हुन सक्छन् । उदाहरणको लागि देशका सम्पूर्ण

नागरिक आपराधिक क्रियाकलापमा संलग्न हुने हो भने सम्पूर्ण नागरिकलाई सजाय दिलाउने लगायत कारागारमा राख्ने विषय जुनसुकै देशलाई असम्भव प्रायः हुन सक्छ । 

विदेशमा बसी क्रिप्टोकरेन्सी कारोबार गर्ने नेपालीहरूको हकमा समेत कारबाही गर्ने विषय त्यस्तै जटिल र चुनौतीपूर्ण छ । यद्यपि, क्रिप्टोकरेन्सी माथि नेपालमा लागेको प्रतिबन्ध विपरित विदेशमा बस्ने नेपालीले कारोबार गरेमा कारबाही गर्नै नसकिने वा असम्भव भने छैन ।

किनभने नेपाल पक्ष रहेका विभिन्न द्वीपक्षीय तथा बुहपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौताको सहयोगमा सरकारले अवैध गतिविधिमा लाग्ने नेपालीहरूलाई कानूनी दायरामा ल्याउन सक्छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ २२:५३