close

चिठ्ठा पर्‍यो भनी फोन गर्नेलाई बैंकिङ विवरण नदिनूः प्रभु बैंक

टेकपाना टेकपाना

चैत २२, २०७९ १९:५५

चिठ्ठा पर्‍यो भनी फोन गर्नेलाई बैंकिङ विवरण नदिनूः प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले आफ्ना ग्राहकलाई कसैले चिठ्ठा पर्‍यो भनी फोन वा एसएमएस गरी बैंकिङ वा व्यक्तिगत विवरण मागे नदिन अनुरोध गरेको छ । पछिल्लो समय डिजिटल भुक्तानीका माध्यमबाट ठगी भइरहेको भन्दै बैंकले ग्राहकलाई सचेत गराएको हो ।

“विभिन्न सामाजिक सञ्जाल एवं अन्य माध्यममार्फत स्वदेशी तथा विदेशी नम्बरबाट फोन, एसएमएस तथा अन्य सन्देश पठाई विभिन्न चिठ्ठा परेको भन्दै चिठ्ठाबापतको रकम प्राप्त गर्न बैंक खाताको विवरण तथा अन्य गोप्य विवरण माग गरी मोबाइल बैंकिङ तथा अन्य डिजिटल भुक्तानीका माध्यमबाट ठगी गर्ने प्रयास भइरहेको बारे गुनासो प्राप्त भइरहेका छन्,” बैंकले सूचनामा लेखेको छ ।

“तसर्थ प्रभु बैंकका सम्पूर्ण ग्राहकलाई आफ्नो खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने ओटीपी, पिन, पासवर्डजस्ता संवेदनशील एवं गोप्य विवरण कसैलाई पनि प्रदान नर्गनुहुन यो सूचना मार्फत सूचित गर्दछौं ।”

बैंकले आफ्ना ग्राहकलाई बैंकको पासवर्ड तथा पिन नम्वर समय-समयमा परिवर्तन गर्न, खाता तथा कार्ड मार्फत गरिएका कारोबारका विवरण (स्टेटमेन्ट) रुजु गर्न पनि अनुरोध गरेको छ ।

साथै कुनै कारोबार शंकास्पद लागेमा ०१-४७८८५०० मा सम्पर्क गर्न वा '[email protected]' मा ईमेल पठाउन अनुराेध गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ १९:५५