close

प्ले स्टोरका सबै एपलाई प्रयोगकर्ताको अकाउन्ट र डेटा डिलिटको विकल्प अनिवार्य गर्दै गुगल

टेकपाना टेकपाना

चैत २३, २०७९ १०:३६

प्ले स्टोरका सबै एपलाई प्रयोगकर्ताको अकाउन्ट र डेटा डिलिटको विकल्प अनिवार्य गर्दै गुगल

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन गुगलले नयाँ नीति ल्याउने घोषणा गरेको छ । हालै एक ब्लग पोस्ट गर्दै गुगलले कुनै पनि एन्ड्रोइड एप र त्यसको डेटा हटाउने अधिकार प्रयोगकर्तालाई दिनेगरी नयाँ नीति लागू गर्न लागेको जानकारी दिएको छ ।

यसअघि प्रयोगकर्ताको अकाउन्ट र सम्बन्धित डेटा पूर्ण रुपमा डिलिट गर्ने अधिकार एप डेभलपरले मात्र पाउँथे । अब भने प्रयोगकर्ताले एन्ड्रोइड एप अकाउन्ट पू्ण रुपमा मेटाउने अधिकार पाउनेछन् ।

गुगलका अनुसार प्रयोगकर्ताले एप र वेब दुवैमा आफ्नो एप अकाउन्ट र डेटा डिलिट गर्न सक्नेछन् । ३१ मे, २०२४ देखि लागू हुने बताइएको यो नीतिले गोपनीयता र डेटा उल्लङ्घनका घटना रोक्ने विश्वास लिइएको छ ।

नयाँ नीति अनुसार कुनै पनि डेभलपरले एप अकाउन्ट खोल्न र अकाउन्ट डिलिट गर्न प्रयोगकर्तालाई सजिलो तरिका उपलब्ध गराउनु पर्नेछ । साथै आफ्नो अकाउन्ट पूर्ण रूपमा मेटाउन नचाहने प्रयोगकर्ताका लागि एक्टिभिटी, हिस्ट्री, इभेज, भिडिओ लगायतका डेटा उक्त एपबाट हटाउन अनुरोध गर्ने तरिका दिनुपर्नेछ । 

एप्पलले यसअघि नै एपस्टोरमा यस्तो नीति लागू गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ ११:१७