close

आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

टेकपाना टेकपाना

चैत २३, २०७९ १४:२७

आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले 'रिफन्डेबल एयरलाइन्स टिकेट' सेवा ल्याएकाे छ । यसका माध्यमबाट प्रयोगकर्ताले नन-रिफन्डेबल (शुल्क फिर्ता नहुने) एयरलाइन्स टिकटलाई रिफन्डेबल (शुल्क फिर्ता हुने) टिकटमा परिणत गर्न सक्नेछन् ।

यसअन्तर्गत आइएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका लागि आइएमई पेबाट एयरलाइन्स टिकेट खरिद गर्दा अन्तिम चरणमा 'आइएमई पे रिफन्डेबल' को अप्सन इनेबल गर्नुपर्ने हुन्छ । ''ग्राहकले आइएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नुको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन्,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

यदि केही गरी आफूले उक्त टिकट रद्द गर्नुपरे सेवाग्राहीले ईमेलमा आएको फोन नम्बर वा ईमेल एड्रेसमा रद्द गर्नुपर्ने सूचना दिनुपर्ने हुन्छ । तर, उडान हुनुभन्दा दुई घण्टाअघि टिकेट रद्द गर्नुपर्ने सूचना दिनुपर्छ ।

त्यसपछि आइएमई पे टिमले ग्राहकको टिकट शुल्क अकाउन्टमा नै फिर्ता पठाइदिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १४:२७