close

प्रदेशबाटै सहज रुपमा स्मार्ट लाइसेन्स उपलब्ध गराइन्छः सरकार

टेकपाना टेकपाना

चैत २३, २०७९ १९:३२

प्रदेशबाटै सहज रुपमा स्मार्ट लाइसेन्स उपलब्ध गराइन्छः सरकार

काठमाडौं । सरकारले सातै प्रदेशबाट सवारी चालक अनुमतिपत्र सहज रुपमा उपलब्ध गराउने योजना ल्याएको छ ।

बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो योजना सुनाइन् ।  

सरकारले कार्ड छपाई कार्य सहज बनाउन नयाँ मास प्रिन्टर (प्रिन्टिङ मसिन) ल्याउने प्रक्रिया थालेको छ । अहिले यातायात व्यवस्था विभागसँग एउटा मास प्रिन्टर छ, जसबाट दिनमा चार हजारमात्रै कार्ड प्रिन्ट हुन्छ ।

नयाँ प्रिन्टर आएपछि कार्ड छपाइ र वितरण कार्य सहज हुने सरकारको विश्वास छ । यसपछि तीन दिनदेखि एक सातासम्ममा ड्राइभिङ लाइसेन्स सेवाग्राहीले पाउने अवस्था रहने सरकारी अधिकारीहरू बताउँछन् । 

साथै प्रदेश यातायात कार्यालयबाटै लाइसेन्स प्रिन्ट गर्न प्रदेश सरकारले आफ्नो आवश्यकता र क्षमताअनुसार मास प्रिन्टर खरिद गर्नसक्ने व्यवस्था ल्याइएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १९:३३