काठमाडौं । धनगढी उपमहानगरपालिकाले माइक, डीजेजस्ता विद्युतीय बाजा बजाउनमा प्रतिबन्ध लगाएको छ । एक सूचना जारी गर्दै उपमहानगरपालिकाले विवाह, ब्रतबन्ध, सप्ताह आदिमा त्यस्ता बाजा बजाउन रोक लगाएको हाे ।
मुटु तथा असाध्य रोग लागेका बिरामीको स्वास्थ्यमा थप असर पुगेकाले त्यस्ता विद्युतीय बाजा बजाउनमा रोक लगाएको उपमहानगरकाे भनाइ छ ।
योसँगै उपमहानगरपालिकाभित्र पटाका पट्काउन, माइक, डिजेजस्ता विद्युतीय बाजागाजा बजाउन पाइने छैन । कसैले सो निर्देशन पालना नगरे कानून अनुसार कारबाही हुन चेतावनी पनि दिइएकाे छ ।