close

फेसबुक अकाउन्ट डिलिट गर्नुअघि तपाईँले गर्नैपर्ने ८ काम

टेकपाना टेकपाना

चैत २४, २०७९ १०:५२

फेसबुक अकाउन्ट डिलिट गर्नुअघि तपाईँले गर्नैपर्ने ८ काम

काठमाडौं । विविध कारणले तपाईँ आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न खोजिरहनु भएको हुनसक्छ । आज हामी फेसबुक अकाउन्ट डिलिट गर्नुअघि के-कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा जानकारी दिँदैछौँ

१. अकाउन्ट डिलिट गर्नुअघि आफ्ना आफन्त र साथीलाई जानकारी दिनुहोस्

फेसबुक अकाउन्ट बन्द गर्ने योजना बनाउनु तपाईँले ​व्यक्तिगत कुरा हो । तर उक्त प्लेटफर्ममा जोडिएका नजिकका मान्छेलाई जानकारी नदिई टाढिनुभयो भने त्यो चाहिँ गलत हुन सक्छ ।

थाहै नदिई अकाउन्ट डिलिट गर्दा तपाईँलाई चिन्नेहरूलाई चिन्ता हुन थाल्छ । तसर्थ अकाउन्ट डिलिट गर्नुअघि पोस्ट गरेर वा नजिकका प्रियजनलाई मेसेज लेखेर आफू फेसबुकबाट टाढिन लागेको जानकारी दिनुहोस् ।

२. आफूलाई मनपर्ने फाइलहरू सेभ गर्नुहोस्

तपाईँले फेसबुक प्रयोग गरिरहँदा त्यसमा विभिन्न फोटो, भिडिओ तथा टेक्स्टहरू राख्नुभएको हुनसक्छ । अकाउन्ट डिलिट गर्ने योजना बनाउनु भएको छ भने आफूले अपलोड गरेर फाइलहरू डाउनलोड गरेर सुरक्षित राख्नुहोस् ।

फेसबुकमा आफ्नो टाइमलाइनमा गएर अपलोड गरिएको फोटोमा जानुहोस् । त्यसपछि माथि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् । र, सेभ फोटोको अप्सनमा गएर फोटो डाउनलोड गर्नुहोस् ।  

यदि भिडिओ डाउनलोड गर्नुपर्ने सबैभन्दा पहिले उक्त भिडिओको लिङ्क कपी गर्नुहोस् । त्यसपछि यहाँ क्लिक गरेर उक्त लिङ्क पेस्ट गर्नुहोस् । यति गरेर डाउनलोडको अप्सनमा ट्याप गरेर भिडिओ डाउनलोड गर्न सक्नुहुन्छ ।

साथै फेसबुकमा राखेका टेक्स्टहरू भने सोझै कपी गरेर मोबाइलको नोट्समा राख्न सक्नुहुन्छ ।

३. मेसेन्जरलाई के गर्ने भन्ने निर्णय लिनुहोस्

केही अवस्थामा तपाईं फेसबुकबाट मात्र टाढिन खोजिरहनु भएको हुनसक्छ । विशेषगरी फेसबुक प्रयोग नगर्ने त मेसेन्जर मात्र प्रयोग गर्ने तपाईंको चाहना हुन्छ ।

यस्तोमा तपाईंले फेसबुक अकाउन्टलाई डिएक्टिभेट गरेर मेसेन्जर मात्र प्रयोग गर्न मात्र सक्नुहुन्छ । फेसबुक अकाउन्ट डिएक्टिभेट गर्दा स्वतः मेसेज एक्टिभ राखेर फेसबुक डिएक्टिभेट गर्ने अप्सन दिएको हुन्छ ।

४. आफ्ना ग्रुप एडिट वा डिलिट गर्नुहोस्

तपाईंले फेसबुक अकाउन्ट डिलिट गर्नुभयो भने तपाईंले बनाएका फेसबुक ग्रुप स्वतः हराउँछन् । यदि तपाईंलाई ती ग्रुप सधैंका लागि हराउन् भन्ने चाहनुहुन्छ भने केही भएन ।

तर, उक्त ग्रुपमा जोडिएका मानिसहरूका लागि तपाईंले बनाएको फेसबुक ग्रुप महत्त्वपूर्ण हुनसक्छ । यस्तोमा तपाईंले ग्रुपको एड्मिन अर्को व्यक्तिलाई बनाएर मात्र अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ ।

५. फेसबुक पेजको एड्मिन परिवर्तन गर्नुहोस्

तपाईंले आफ्नो अकाउन्ट डिलिट गरेसँगै तपाईंको फेसबुक पेज पनि स्वतः डिलिट हुन्छ । यस्तोमा सबैभन्दा पहिले तपाईंको फेसबुक पेज अनपब्लिस्ड हुन्छ । अर्थात्, फेसबुकमा तपाईंको पेज देखिँदैन ।

काउन्ट डिलिट हुनासाथ तपाईंको फेसबुक पेज पनि डिलिट हुन्छ (डिलिट गरेको ३० दिनभित्र डिलिट क्यान्सिल गर्‍यो भने अकाउन्ट डिलिट हुँदैन) ।

पेज डिलिट नहोस् भन्ने चाहनुहुन्छ भने पेजमा अर्को व्यक्तिलाई एड्मिनको रोल दिनुहोस् । साथै उक्त व्यक्तिलाई बिजनेस रोल पनि दिनुपर्ने हुन्छ । यस्तो गर्दा तपाईंको अकाउन्ट डिलिट भएपनि फेसबुक पेज भने डिलिट हुँदैन ।

६. आफूले फेसबुकबाट सञ्चालन गरेका व्यवसायको ख्याल गर्नुहोस्

फेसबुक प्रयोग गर्दै गर्दा तपाईंले उक्त प्लेटफर्मबाट व्यवसाय सञ्चालन गर्दै आउनुभएको हुनसक्छ । यस्तोमा फेसबुक अकाउन्ट डिलिट गर्दा तपाईं आफ्ना ग्राहकबाट टाढा हुने जोखिम धेरै हुन्छ ।

त्यसैले तपाईंका ग्राहकलाई मर्का नपर्ने गरी सबै कुरा व्यवस्थापन गरेर मात्र अकाउन्ट डिलिट गर्नुहाेस् । आफ्ना फलोअरहरूलाई पनि अकाउन्ट डिलिट गर्न लागेको जानकारी दिनुहोस् ।

त्यस्तै फेसबुकबाट जोडिएका कसैलाई पैसा तिर्नुछ भने त्यो पनि तिर्नुहोस् । यसरी सबै व्यवस्थापन गरेर अकाउन्ट डिलिट गर्दा निकट भविष्यमा तपाईँलाई समस्याहरू आउँदैनन् ।

७. फेसबुक डेटा डाउनलोड गर्नुहोस्

फेसबुक अकाउन्ट डिलिट गरेपनि आफूले कुन समयमा के पोस्ट गरिएको थियो, कसलाई मेसेज गरिएको गरिएको थियो भन्ने कुराको खोजी गर्ने चाहना धेरैको हुन्छ ।

त्यसैले अकाउन्ट डिलिट गर्नुअघि यी सबै डेटा डाउनलोड गर्न सक्नुहुन्छ । फेसबुकको डेटा कसरी डाउनलोड गर्ने भन्नेबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

८. पोस्टहरू व्यवस्थापन गर्नुहोस्

आफ्नो अकाउन्टबाट सबै डेटा डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ । कुन फाइल डाउनलोड भए वा भएनन् भन्ने कुराको ख्याल गर्नुहोस् ।

यसरी सबै डेटा डाउनलोड भएको र आफूले चाहे अनुसार व्यवस्थापन गरेर राख्नुभयो भने मात्र अकाउन्ट डिलिट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ ११:३१