close

ट्वीटरको लोगोमा फेरि पुरानै ‘चरो’, पाहुना बनेर आएको ‘कुकुर’ हट्यो

टेकपाना टेकपाना

चैत २४, २०७९ १३:४४

ट्वीटरको लोगोमा फेरि पुरानै ‘चरो’, पाहुना बनेर आएको ‘कुकुर’ हट्यो

काठमाडौं । गत साेमबारदेखि ट्वीटरमा देखिएको कुकुरको लोगो हटेको छ । लोगो परिवर्तन गरेको चार दिनपछि एलन मस्कले ट्वीटरमा​पुरानै चराे फर्काएका छन् ।

चराेको ठाउँमा डजक्वाइनको लोगोमा भएको कुकुर किन राखे र किन हटाए भन्ने विषयमा मस्कले केही जानकारी दिएका छैनन् । उक्त क्वाइनमाथि देखिएको विवाद अन्त्य गर्न मस्कले कुकुरकाे लोगो राखेको आशंका गरिएको छ ।

मस्कले ट्वीटरको लोगो परिवर्तन गरेर 'शिव इनु' प्रजातिको कुकुरको फोटो राख्दा डजक्वाइनको शेयरमा ३० प्रतिशतले वृद्धि भएको थियो ।

यसो त मस्कले मार्च २६ मा एक ट्वीटर प्रयोगकर्तालाई दिइएको वाचा अनुरूप लाेगाे परिवर्तन गरेको पनि बताइएकाे छ । तर यसबारे स्पष्ट जानकारी भने आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १४:४९