close

टिभी, रेफ्रिजेरेटर र वासिङ मसिनमा सामसङको नयाँ वर्ष अफर

टेकपाना टेकपाना

चैत २४, २०७९ १३:१२

टिभी, रेफ्रिजेरेटर र वासिङ मसिनमा सामसङको नयाँ वर्ष अफर

काठमाडौं । सामसङले नयाँ वर्ष २०८० को अवसरमा अफर ल्याएको छ । यसअन्तर्गत टिभी, रेफ्रिजेरेटर, वासिङ मसिन लगायतका होम अप्लायन्सहरूमा कम्पनीले विशेष छुटको घोषणा गरेको छ ।

सामसङका कन्जुमर ड्यूरेवल्स उत्पादनमा ४१ प्रतिशतसम्म क्याशब्याक दिइएको छ । यसअनुसार कलर भोल्यूम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितका क्यूएलईडी टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ ।

क्रिस्टल फोरके अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुट दिइएको छ । कम्पनीका अनुसार सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजेरेटरहरू अपग्रेड गर्न सकिनेछ, जुन ७०० लिटर क्षमतासम्मको छ ।

यस्तै ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजेरेटरमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ ।

कम्पनीका अनुसार ग्राहकले एआई इकोबबल टीएम वासिङ मसिनमा २८ प्रतिशतसम्म क्याशब्याक उपलब्ध छ । उपभोक्ताहरुले फ्रन्ट लोड वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजिन स्टिम सुविधासहित उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १३:१२