close

ट्वाइलेटको भित्तामा प्वाल पारेर साढे ६ करोड मूल्य बराबरको आईफोन चोरी !

टेकपाना टेकपाना

चैत २५, २०७९ १५:५४

ट्वाइलेटको भित्तामा प्वाल पारेर साढे ६ करोड मूल्य बराबरको आईफोन चोरी !

काठमाडौं । अमेरिकाको एक एप्पल स्टोरबाट लाखाैं डलरका आईफोन सामग्री चोरी भएको छ । वाशिङ्टन स्थित 'अल्डरउड' नामक मलमा रहेको उक्त एप्पल स्टोरमार्फत ४३६ थान आईफोनसँगै आईप्याड, एप्पल वाच लगायतका सामग्री चोरी भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका जनाएका छन् ।

रातको समयमा एप्पल स्टोरको नजिकै रहेकाे एक कफी शपकाे ट्वाइलेटकाे भित्ता फाेरेर ती चोर एप्पल स्टाेरमा प्रवेश गरेका थिए । खबरअनुसार पाँच लाख डलर अर्थात् करिब साढे ६ करोड रुपैयाँ बराबरका सामान लुटपाट भएकाे छ ।

स्टोरको सेक्युरिटी अलार्मबाट बच्न चाेरहरूले योजनावद्ध रुपमा छिमेकी पसलकाे ट्वाइलेटकाे भित्ता फाेरेका थिए । यसपछि क्षणभरमै दुई चोरले सामान कब्जामा लिई भागेको प्रहरीलाई प्राप्त भिडिओमा देख्न सकिन्छ ।

रातिको समयमा चोरी गरिएको हुनाले उक्त समयमा अन्य स्टोरहरू पनि खाली देखिन्छन् । हालसम्म घटनामा संलग्न व्यक्ति पक्राउ नपरेको र कुनै फिंगरप्रिन्ट पनि फेला नपरेकाे त्यहाँकाे स्थानीय प्रहरी कार्यालयले जनाएकाे छ ।

सयौंको संख्यामा एप्पलका सामान चोरी भएपनि कम्पनीले सिरियल नम्बर र आईएमईआई नम्बरहरूबाट ती डिभाइस ब्लक गर्नसक्ने बताइएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: चैत २५, २०७९ १६:२७