close

गुगल च्याट अब नयाँ स्वरुपमा, के के भयो परिवर्तन ?

टेकपाना टेकपाना

बैशाख २, २०८० १०:१

गुगल च्याट अब नयाँ स्वरुपमा, के के भयो परिवर्तन ?

काठमाडौं । गुगल च्याटले नयाँ रुप पाउने भएको छ । कम्पनीले गुगल ड्राइभ, डक्स, सिट्स, स्लाइड्स र जीमेलको रिडिजाइन गरिएका इन्टरफेसहरूसँग मिल्ने गरी गुगल च्याटको नयाँ इन्टरफेस तयार पारेको छ ।

गुगलको मटेरियल डिजाइन थ्री प्रणालीमा आधारित गुगल च्याटको नयाँ लुक अन्य वर्कस्टेसन एपहरूमा उपलब्ध भइसकेको छ । नयाँ इन्टरफेसमा केही साना ट्वीकहरू, गोलाकार बटनहरू र गोलाकार सर्चबार सहित केही नीलो एक्सेन्टहरू पनि देख्न सकिन्छ ।

साथै मेसेज भ्यु, कम्पोज सेटअप, टपिक बटन लगायत डाइरेक्ट मेसेजहरूमा पनि केही परिवर्तनहरू देख्न सकिन्छ ।

यही हप्ताको सुरुमा कम्पनीले गुगल च्याटको नयाँ लुकको विषयमा घोषणा गरेको थियो । यसमा आफ्नो च्यानलका लागि मात्र प्रयोगकर्ता मिल्ने अनाउन्समेन्ट फिचर, स्पेस व्यवस्थापन लगायतका अन्य फिचरहरू पनि थप गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० १०:१