काठमाडौं । इन्टेलले बिटक्वाइन माइनिङका लागि तयार गरेको चिपको उत्पादन एक वर्ष नपुग्दै बन्द गरेको छ । कम्पनीले गत वर्षको जुन महिनामा पहिलोपटक यस्ताे क्रिप्टाे चिप बजारमा ल्याएको थियो ।
द भर्जका अनुसार कम्पनीले चिप उत्पादन बन्द गरेको विषयमा कुनै निश्चित कारण भने बताएको छैन । यद्यपि बजारको अवसरलाई मध्यनजर गर्दै आगामी दिनको निर्णय लिने कम्पनीले जनाएको छ ।
गत वर्ष इन्टेलले आफ्नो बिटक्वाइन माइनिङ चिपको उत्पादन र बिक्री गर्दा बिटक्वाइनको मूल्यमा नराम्रो गिरावट आएको थियो । एक वर्षअघि बिटक्वाइनले आफ्नो मूल्यमा इतिहासकै ठूलो गिरावट सामना गरेकाे थियो ।
त्यो समयमा बिटक्वाइन माइनिङलाई लक्षित चिप निर्माण गर्नु कम्पनीको लागि दुर्भाग्य बन्न पुगेको छ ।