close

यस्तो छ १८ वर्षअघि आजकै दिन युट्युबमा अपलोड भएको पहिलो भिडिओ

टेकपाना टेकपाना

बैशाख ११, २०८० १२:४०

यस्तो छ १८ वर्षअघि आजकै दिन युट्युबमा अपलोड भएको पहिलो भिडिओ

काठमाडौं । भिडिओ प्लेटफर्म 'युट्युब' ले सूचना आदानप्रदानदेखि लिएर मनोरञ्जन, प्रचारप्रसार लगायत धेरै क्षेत्रमा प्रभाव पारेको छ । भिडिओको लागि यति प्रसिद्ध प्लेटफर्ममा पहिलो पटक आजकै दिन १८ वर्षअगाडि १८ सेकेन्डको भिडिओ अपलोड भएको थियो ।

सन् २००५ को अप्रिल २४ का दिन युट्युबका सह-संस्थापक जावेद करिमले अर्का सह-संस्थापक याकोभ लापित्स्किले अमेरिकाको सान डियागो चिडियाखानमा खिचेको भिडिओ 'मि एट द जु' शीर्षकमा अपलोड गरेका थिए ।

उक्त च्यानलमा आज ३५ लाख सब्सक्राइबर छन् । यद्यपि सो च्यानलबाट एउटा मात्र भिडिओ सार्वजनिक भएको छ । 

सन् २००५ मा सार्वजनिक हुँदा युट्युब कुनै संगीतको प्लेटफर्म नभई ‘डेटिङ’ प्लेटफर्मको रुपमा सुरु भएको थियो । उपयुक्त पार्टनर खोज्न आफ्नो बारेमा भिडिओ बनाएर अपलोड गर्ने प्लेटफर्मको रुपमा युट्युब सुरु गरिएको थियो ।

यद्यपि यो प्लेटफर्मले राम्रो बजार भने पाउन सकेन । यसपछि कम्पनीका संस्थापकले यो अवधारणालाई त्यागेर कुनै पनि प्रकारको भिडिओ अपलोड गर्न मिल्ने गरी नयाँ व्यवस्थासहित युट्युबलाई अगाडि सारेका थिए ।

सन् २००६ मा गुगलले युट्युबलाई खरिद गरेर आजसम्म सञ्चालन गरिरहेको छ । आज विश्वभर युट्युबका साढे दुई अर्बभन्दा बढी प्रयोगकर्ता छन् । 

याे पनि पढ्नुहाेस्:​

युट्युबको नसुनिएको कहानी

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० १३:४३