close

मिदास ई-क्लासमा नयाँ फिचर, अब अनलाइनबाटै अंग्रेजी भाषा सिक्न सकिने

टेकपाना टेकपाना

बैशाख १२, २०८० १८:४७

मिदास ई-क्लासमा नयाँ फिचर, अब अनलाइनबाटै अंग्रेजी भाषा सिक्न सकिने

काठमाडौं । अब घरमै बसेर अनलाइन माध्यमबाट अंग्रेजी भाषा सिक्न सकिने भएको छ । अनलाइन लर्निङ प्लेटफर्म मिदास ई-क्लासले गृहिणी तथा विद्यार्थीलाई लक्षित गर्दै यस्ताे कक्षा सञ्चालन गर्ने भएकाे छ ।

कम्पनीको मोबाइल एपमार्फत सञ्चालन हुने कक्षामा बोल्ने, सुन्ने, पढ्ने र लेख्ने सबै मोडेलमा कक्षा सञ्चालन गरिने बताइएको छ । त्यस्तै विद्यार्थीको अंग्रेजी शब्दको ज्ञान भण्डार बढाउन वैज्ञानिक र व्यवहारिक कक्षा सञ्चालन गरिने पनि कम्पनीले उल्लेख गरेकाे छ ।

मंगलबारदेखि सुरु भएको उक्त कक्षा तीन महिना अवधिको हुनेछ । साथै बिहान, दिउँसो र साँझ गरी एक दिनमा तीन ओटा कक्षा सञ्चालन हुनेछ ।

यस कोर्षलाई ‘बेसिक’, ‘इन्टरमिडियट’ र ‘एड्भान्स’ लेभल गरी तीन तहमा विभाजन गरिएको छ । भने कोर्षमा भर्ना हुन क्रमश: ६०००, ७००० र ७५०० रूपैयाँ शुल्क ताेकिएकाे छ ।

कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० १८:४७