close

कति होला सुन्दर पिचाईको तलब ?

टेकपाना टेकपाना

बैशाख १३, २०८० १६:४९

कति होला सुन्दर पिचाईको तलब ?

काठमाडौं । गुगलकाे अभिभावक कम्पनी अल्फाबेट इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई विश्वकै धेरै कमाउने सीईओ हुन् । पिचाईलाई कम्पनीले गत वर्ष २२ करोड ६० लाख डलर अर्थात् ३४ अर्ब ३९ करोड २५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेकाे थियो ।

बिजनेस इन्साइडरका अनुसार उनको न्यूनतम वार्षिक तलब २० करोड डलर अर्थात् २६ अर्ब बढी  छ । बाँकी रकम भने उनले कम्पनीकाे स्टक अवार्डमार्फत पाएका हुन् ।

साथै अल्फाबेटले पिचाईको व्यक्तिगत सुरक्षाका लागि करिब ६० लाख डलर (७८ करोड ४६ लाख २० हजार रुपैयाँ) दिएकाे थियाे । पिचाईको सम्पूर्ण आम्दानीको हिसाब गर्दा उनी विश्वमा धेरै कमाउने सीईओहरूको सूचीमा अग्रस्थानमा छन् ।

लगानी र अन्य कारण देखाउँदै अल्फाबेटले गत वर्ष १२ हजार कर्मचारी कटौती गरेकाे थियाे । तर कम्पनीले सीईओ पिचाईलाई भने आकर्षक रकम दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० १६:४९