close

एनएमबि बैंकका ग्राहकलाई सामसङका वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत छुट

टेकपाना टेकपाना

बैशाख १४, २०८० १०:४६

एनएमबि बैंकका ग्राहकलाई सामसङका वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभनमा छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा सामसङको नेपालस्थित अधिकृत विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालि र एनएमबि बैंकबीच हालै सम्झौता भएको छ ।

यस अनुसार बैंकका ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबि मोबाइल एपमार्फत भुक्तानी गर्दा थप १५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंकले यो छुट सीमित अवधिका लागि ल्याइएको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १०:४६