close

च्याटजीपीटीले अब घर किन्न वा भाडामा लिन सघाउने

टेकपाना टेकपाना

बैशाख २१, २०८० १२:४०

च्याटजीपीटीले अब घर किन्न वा भाडामा लिन सघाउने

काठमाडौं । अब च्याटजीबीटीले घर खरिद गर्न वा भाडामा लिन सघाउने भएको छ । अमेरिकास्थित रियल-स्टेट कम्पनी ‘जिलो’ (Zillow)ले ग्राहकलाई सो काममा सहयोग गर्न आफ्नो वेबसाइटमा च्याटजीपीटीको प्लगइन प्रयोग गरेसँगै यो कुरा सम्भव भएको हो ।

प्रयोगकर्ताले एआई च्याटबटलाई घर किन्ने वा भाडामा लिने योजनाबारे कुराकानी गर्नुका साथै स्थान र मूल्यबारे सोध्न सक्नेछन् । त्यसपछि च्याटजीपीटीले प्रयोगकर्ताको प्रश्नअनुसार कम्पनीको डेटावेसमा भएका डेटा उपलब्ध गराउँछ ।

यद्यपि एजेन्टसँग जोड्ने, घर हेर्ने समय निश्चित गर्नेजस्ता काम भने च्याटजीपीटीले गर्न नसक्ने बताइएको छ ।

कम्पनीले यो फिचर सीमित च्याटजीपीटी प्रयोगकर्तालाई गत हप्तादेखि उपलब्ध गराएको छ । हाल परीक्षण चरणमा नै भएकाले च्याटबटले गर्नसक्ने काम भने सीमित छ ।

तर ओपनएआईसँग जोडिएर भविष्यमा थप सेवा विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १२:४०