काठमाडौं । युट्युबकाे नयाँ लेआउट लिक भएको छ । हालको यूएक्स/यूआईलाई परिवर्तन गर्दै तयार भएकाे नयाँ डिजाइन विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिरिएकाे हाे ।
केही प्रयोगकर्ताले युट्युबकाे नयाँ लेआउट सामाजिक सञ्जालमा स्क्रिनशट शेयर गरेका छन् । '@sindowne' नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले युट्युबको नयाँ लेआउट स्क्रिनशट शेयर गर्दै असन्तुष्टि पोखेका छन् ।
त्यस्तै '@XenoPanther' ले ‘कसैको युट्युब यस्तो देखिन्छ?’ भनेर प्रश्न गर्दै नयाँ डिजाइनको स्क्रिनसशट शेयर गरेका छन् ।
उनीहरू नयाँ डिजाइनको परीक्षणका लागि गुगलले पहुँच दिएको प्रयोगकर्ता भएको बताइएको छ । उनीहरूले शेयर गरेको पोस्ट हेर्दा नयाँ डिजाइनमा भिडिओ प्ले हुने ठाउँ अहिलेकोमा नै भएको देखिन्छ ।
तर डिस्क्रिप्सन, टाइटल र कमेन्ट बक्स भने भिडिओको दायाँ भागमा राखिएको छ । यो भागको ठीक मुनि लाइक, डिसलाइक, शेयर, डाउनलोड जस्ता अप्सन राखिएका छन् । यस भागको तल भने खाली देखिन्छ ।