आईफोनदेखि म्याकबुक उत्पादनसम्म रिसाइकल गरिएका सामग्री प्रयोग गर्दै एप्पल
बैशाख २२, २०८० १८:३५
काठमाडौं । एप्पलले रिसाइकल गरिएका सामग्रीलाई आफ्ना उत्पादनमा प्रयोग गर्ने योजना ल्याएकाे छ । सन् २०२५ सम्म आफ्ना हरेक उपकरणकाे ब्याट्रीमा रिसाइकल गरिएको कोबाल्ट धातु प्रयोग गर्न लागेकाे एप्पलले जनाएको छ ।
यसबाहेक २०२५ सम्म आफूले डिजाइन गर्ने सर्किट बोर्डहरूमा पनि रिसाइल गरिएका सामग्री पुनर्प्रयाेग गर्ने कम्पनीकाे योजना छ, जसमा विशेष गरेर पृथ्वीमा कम पाइने तत्व, टिन सोल्डरिङ र गोल्ड प्लेटिङलाई रिसाइकल गरिने छ ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले मानिसको जीवनलाई समृद्ध बनाउने प्रविधि विकास गर्दा कम्पनीले वातावरण जोगाउन पनि उत्तिकै ध्यान दिइरहेको बताएका छन् ।
एप्पलले विगत तीन वर्षदेखि रिसाइकल गरिएको कोबाल्ट प्रयोग गर्दै आएको छ । यो इलेक्ट्रोनिक्स उपकरण निर्माणमा आवश्यक सामग्री हो । आईफोन, आईप्याड, एप्पल वाच र म्याकबुक आदिको उत्पादनमा कोबाल्ट बढी प्रयोग हुने बताइएकाे छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० १८:५८
