close

गुगल मेसेजमा अब एआईले नै गर्नेछ रिप्लाई

टेकपाना टेकपाना

बैशाख २३, २०८० ११:४

गुगल मेसेजमा अब एआईले नै गर्नेछ रिप्लाई

काठमाडौं । गुगलले प्रयोगकर्ताको मेसेजिङ अनुभवलाई सहज बनाउन विभिन्न स्मार्ट रिप्लाई फिचरहरू उपलब्ध गराउँदै आएको छ । तर ती सबै फिचरहरू त्यति उपयोगी हुन सकेका छैनन् ।

प्रयोगकर्ताहरू आफ्नो मेसेजिङ अनुभव अझ सहज बनाउन चाहन्छन् । स्वत: रिप्लाई गर्ने फिचरलाई ध्यानमा राख्दै कम्पनीले गुगल मेसेजमा एआई फिचर प्रयोग गर्ने भएको छ । तर यो बार्ड एआई नहुने बताइएको छ ।

कम्पनीले यो फिचरको नाम 'म्याजिक कम्पोज' राखेको छ । यो टुल प्रयोग गरेर विभिन्न मेसेजको प्रतिक्रिया स्वत: सम्बन्धित व्यक्तिलाई जाने व्यवस्था गर्न सकिनेछ । हाल परीक्षणमा रहेको यो टुल उपलब्ध भएपछि गुगल मेसेजको इमोजी आइकनसँगै नयाँ पेन्सिल आइकन थप हुनेछ ।

यो टुल एक्टिभेट गरिसकेपछि प्रयोगकर्ताले आफूलाई प्राप्त विभिन्न प्रकारका मेसेजको रिप्लाई दिन सक्नेछन् । यसमा चिल, एक्साइटेड, लिरिकल, फर्मल, शर्ट्स लगायतका विभिन्न अप्सनहरू हुनेछन् ।

प्रयोगकर्ताले आफूले प्राप्त गरेको मेसेजको प्रकृति अनुसार रिप्लाई दिन सक्नेछन् । उदाहरणका लागि कु्नै औपचारिक मेसेजको रिप्लाई दिनुपरेमा पेन्सिल आइकनमा क्लिक गरेर फर्मल अप्सनमा क्लिक गरेपछि कस्तो रिप्लाई दिने भनेर उक्त एआईले सुझाव दिनेछ ।

विभिन्न अप्सनमध्ये आफूलाई मिल्ने अप्सनमा क्लिक गरेर मेसेज गर्न सकिनेछ । यो फिचरले मेसेजबाट कुराकानी गर्न सहज र प्रभावकारी हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० ११:४