close

अब सबै विन्डोज प्रयोगकर्ताले एन्ड्रोइडको नियरबाई शेयर प्रयोग गर्न सक्ने

टेकपाना टेकपाना

बैशाख २४, २०८० ८:३४

अब सबै विन्डोज प्रयोगकर्ताले एन्ड्रोइडको नियरबाई शेयर प्रयोग गर्न सक्ने

काठमाडौं । अब विश्वभरका विन्डोज प्रयोगकर्ताले एन्ड्रोइड नियरबाई शेयरको बेटा भर्सन प्रयोग गर्न पाउने भएका छन् । यो भन्दा अगाडि कम्पनीले यसको बेटा भर्सन अमेरिकाका प्रयोगकर्ताको लागि मात्र उपलब्ध गराएको थियो । 

अब भने विश्वभरका प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध भएको हो । योसँगै एन्ड्रोइड डिभाइसबाट विन्डोजको डेस्कटप र ल्यापटपमा कुनै वायरबिना नै नियरबाई शेयर प्रयोग गरेर फाइल शेयर गर्न सकिनेछ । 

युरोपबाट सुरु हुँदै यो फिचर विस्तारै विश्वका सबै देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यद्यपि क्युबा, इरान, उत्तर कोरिया र सिरियामा भने उपलब्ध नहुने कम्पनीले बताएको छ ।

यो फिचर औपचारिक रुपमा सार्वजनिक हुने मितिको विषयमा भने कम्पनीले हाल कुनै जानकारी दिएको छैन ।   
  
 
 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० ८:३७