close

अब डिस्कर्डको युजरनेममा अङ्क राख्न नपर्ने

टेकपाना टेकपाना

बैशाख २६, २०८० ८:४२

अब डिस्कर्डको युजरनेममा अङ्क राख्न नपर्ने

 काठमाडौं । सामाजिक सञ्जालको प्लेटफर्म डिस्कर्डले प्रयोगकर्ताको नाम (युजरनेम) बारे आफ्नो नीति परिवर्तन गर्ने निर्णय गरेको छ । एक ब्लग पोस्ट लेख्दै कम्पनीले अब युजरनेममा अङ्क राख्नैपर्ने नियमलाई हटाउने बताएको छ ।

अहिले राख्नुपर्ने युजरनेम धेरै जटिल भएको र सजिलैसँग सम्झन अनि शेयर गर्न पनि प्रयोगकर्तालाई समस्या भएकाले युजरनेमको नियम परिवर्तन गर्न लागेको ब्लगमा उल्लेख छ । 

हाल कम्पनीले यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध गराएको छैन । केही सीमित प्रयोगकर्ताबाट सुरु गरेपनि बिस्तारै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० ८:४३