close

नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलको स्मार्टवाच सार्वजनिक, यस्तो छ विशेषता

टेकपाना टेकपाना

जेठ २, २०८० १५:२१

नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलको स्मार्टवाच सार्वजनिक, यस्तो छ विशेषता

काठमाडौं । अल्टिमा लाइफस्टाइलले आफ्नो नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ ।

स्मार्टवाच प्रेमीहरूका लागि कम्पनीले 'अल्टिमा वाच म्याजिक' सार्वजनिक गरेको हो । जसको  मूल्य ३,५९९ रुपैयाँ तोकिएको छ ।

आईपी६८ वाटर रेसिस्टेन्स रेटिङ भएको यो स्मार्टवाचमा १.८३ इन्चको अल्ट्राभीयू सहितको डिस्प्ले उपलब्ध छ । अल्टिमा स्मार्ट एपसँग कनेक्ट गरेर यो स्मार्टवाच प्रयोग गर्न सकिनेछ । यसमा ११० भन्दा बढी स्पोर्टस मोडसँगै अटो स्लिप, ब्लड अक्सिजन ट्रयाकिङ लगायतका फिचर उपलब्ध छन् । साथै यसमा ब्लुटुथ कलिङ फिचर पनि दिइएको छ । 

यो स्मार्टवाच मे १८ देखि बजारमा औपचारिक रुपमा उपलब्ध हुनेछ । सार्वजनिक भए लगत्तै सुरुमा खरिद गर्ने १०० जना ग्राहकले यो स्मार्टवाच २,९९९ रुपैयाँमा नै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर ई-कमर्स प्लेटफर्म दराजबाट खरिद गर्ने ग्राहकका लागि मात्र हो ।

यसैगरी अनलाइन इलेक्ट्रोनिक शपिङ स्टोर हुकुट स्टोरबाट खरिद गर्ने पहिलो ५० जना ग्राहकले पनि यो स्मार्टवाच २,९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । बजारमा यो स्मार्टवाच ब्ल्याक र कपर गरी दुई रंगमा उपलब्ध छ । 
 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १५:२२