नयाँ वर्ष अफरमा इयरबड, स्मार्टवाच र स्पिकरमा ५० प्रतिशतसम्मको छुट दिंदैं अल्टिमा
बैशाख ३, २०८१ १४:४३
काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले नयाँ वर्ष २०८१ को अवसरमा ‘एक्कासिको अफर’ ल्याएको छ । कम्पनीले ५ देखि ९ बैशाखसम्म लागु हुनेगरी विभिन्न प्रडक्टमा ५० प्रतिशतसम्मको छुट व्यवस्था गरेको हो ।
कम्पनीले आफ्नो वेबसाइटमार्फत उपलब्ध गराउने यो अफरमा नेपालभरबाट सहभागी हुन सकिनेछ । विशेषगरी अल्टिमाको बुम १४१ इयरबड, म्याजिक प्रो स्मार्टवाच, डाइनामिक स्पिकर लगायतका उत्पादनमा अफर अन्तर्गतको छुट पाउन सकिनेछ । कम्पनीका अनुसार ३,४९९ रुपैयाँ बजार मूल्य रहेको बुम १२१ इयरबड्समा १,४१८ रुपैयाँ छुटका साथ २०८१ रुपैयाँमै खरिद गर्न सकिनेछ । त्यस्तै ४,९९९ रुपैयाँ पर्ने म्याजिक प्रो स्मार्टवाच २,०१८ रुपैयाँ छुटका साथ २९८१ मा लिन सकिनेछ ।
त्यसैगरी डाइनामाइट स्पिकर पनि विशेष अफरको रूपमा २०८१ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको बजार मूल्य ३,४९९ रुपैयाँ रहेको छ । म्याजिक प्रो स्मार्टवाच र एटम १९२ इयरबड्सको कम्बो मूल्य ८,५९८ पर्नेमा ग्राहकले ४,०१७ रुपैयाँ छुटका साथ ४,५८१ रुपैयाँमा खरिद गर्न सक्नेछन् । वाच सर्कल र बुम १४१ इयरबड्स पनि कम्पनीले कम्बो अफर दिएको छ । कूल ९,४९८ रुपैयाँ पर्ने यी दुई उत्पादन ३,९१७ रुपैयाँ छुटका साथ ५५८१ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
वाच नोभा प्रो स्मार्टवाच र एटम १९२ इयरबड्स पनि ५,५८१ रुपैयाँमा खरिद गर्न सकिनेछ । कम्पनीले यी उत्पादन ४,०१७ रुपैयाँ छुट सहित उक्त मूल्यमा उपलब्ध गराउनेछ ।
यो अफर अन्तर्गत अल्टिमाका उत्पादन खरिद गर्ने ग्राहकले ४८१ रुपैयाँ बराबरको भौचर पाउनेछन् । अल्टिमाका अन्य उत्पादन खरिद गर्दा उक्त भौचर प्रयोग गर्न सकिनेछ । त्यस्तै अफर अवधिमा सामान खरिद गर्ने पहिलो १८१ जनाले विभिन्न गिफ्ट समेत पाउनेछन् । त्यस्तै ई-सेवाबाट अल्टिमाका प्रोडक्ट प्रि-अर्डर गर्नेले थप १,८१ रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
|
प्रोडक्ट |
बजार मूल्य (रुपैयाँ) |
अफर (रुपैयाँ) |
छुट रकम (रुपैयाँ) |
|
बुम १६१ इयरबड्स |
२,९९९ |
२,२८१ |
७१८ |
|
रक स्पिकर |
३,९९९ |
२,९८१ |
१,०१८ |
|
सर्कल स्मार्टवाच |
५,९९९ |
४,०८१ |
१,९१८ |
|
एटम ५२० प्रो इयरबड |
२,६९९ |
१,९८१ |
७१८ |
|
एटम १९२ इयरबड्स |
३,५९९ |
२,१८१ |
१,४१८ |
|
एटम ८२० इयरबड |
२,९९९ |
२,०८१ |
९१८ |
|
नोभा प्रो स्मार्टवाच |
५,९९९ |
४,०८१ |
१,९१८ |
|
बुस्ट १३१ पावर बैंक |
२,९९९ |
२,०८१ |
९१८ |
|
बुस्ट १४१ पावर बैंक |
२,९९९ |
१,९८१ |
१,०१८ |
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ १४:४९
